Thursday, September 1, 2011

नाई मत

जनक डि.सी
नाई मत अब स्कूल जान्न
मरी सकेका इतिहासहरु
पढाई हुन्छन त्यहा
भविस्यको कुनै पनि तिथी उल्लेख छैन
घिसिनुर पिसिनुमात्र रिति उल्लेख छैन ।

गणितका शुत्र पुरानियर
खियाखिया भैसके
कथाभुतका पढिन्छ दिमाग
छियाछिया भैसके
देश अन्धकारछ , बत्ती बाल्न सिकाईदैन
बस्ती भोकाएकाछन पेट पाल्न सिकाईदैन ।

आमा म स्कूल जान्न किनकि
मलाई आफ्नै  बाटो  खन्नुछ
जहा पुस्ता पुस्ता डुल्नेछन
मलाई आफ्नै  उद्यान गोडनुछ
जहा सयौथुगा फुल्नेछन
मलाईयस्तो पुस्तक लेख्नुछ
जहा भावि मिति खुल्नेछन।

5 comments:

  1. kabita ramro chha tara bhab chai tihas padhdina bhanne chha, yo chai kasto kasto lagyo,

    ReplyDelete
  2. माया लामाSeptember 2, 2011 at 2:24 PM

    रामेश्वर जीले भन्नु भएको जस्तै मलाई पनि कता कता अलि कस्तो कस्तो लाग्यो ..। तर अर्को तर्फ देशको विषम परिस्थितिले आजभोलीका नयाँ भाइबहिनीहरु वाक्क भैसकेको सन्देश पनि दिएको जस्तो लाग्यो । देश प्रतिको माया जगाउनु पर्छ ..।

    ReplyDelete
  3. प्रतिक्रिया का लागि धन्न्यबाद ,हाम्रो असान्धर्विक पाठ्यक्रम र देशको विषम परिस्थिति का कारण हरेक बाबु आमा ले स्कुल पठाउदा नानी हरु बाट सुन्नु पर्ने तितो सत्य नै हो यो .i उनि हरु स्कुल चाहन्छन तर शिक्षा प्रयोग मुखी र समय सापेक्ष्य हुनु पर्छ भन्ने नै कविता को सार हो i

    ReplyDelete
  4. वास्तवमा कविताले धेरै कुरा बोलेको छ । एका तर्फ वर्तमान देशको परिस्थितिबाट आजित भएका हामी नेपालीको भाव बोलेको छ भने अर्को तर्फ निकास खोज्ने प्रयासलाई झल्काएको छ । पुराना इतिहाँसबाट पाठ सिक्नु पर्छ र नयाँ विहानीमा नयाँ सोच नयाँ विचार सम्प्रेशण गर्न सक्नु पर्छ । समय सापेक्ष र ब्यावहारिक शिक्षा त सबैले चाहेको हो ..।

    ReplyDelete
  5. आयुष जी धेरै धन्यवाद मिठो प्रतिक्रिया को लागि

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..