|
आयुष सम्मोहन |
सार उहि हुन्छ खाली गाता फेरिन्छ
केही मोड काटे पछि नाता फेरिन्छ
हरेक पटक मृत्युवरण गरिसकेपछि
बाँचे फेरी अर्को जीवनदाता फेरिन्छ
उहि हुन्छ बाँच्ने नियम उहि हुन्छ ऋतु
मात्र फरक ऋतुसंगै छाता फेरिन्छ
उपलब्धी जीवनभरको जति भएपनि
उहि हुन्छ नाम तर खाता फेरिन्छ ।
sundar mitho gazal......
ReplyDeleteआयुष जी गजल त भित्रसम्मछुनेगरिलेख्नुभयछ सार उहि हुन्छ खाली गाता फेरिन्छ
ReplyDeleteकेही मोड काटे पछि नाता फेरिन्छ
मौसम का रंग हरु संगै परिबर्तन हुने मान्छे का मन हरु यस्तै हुन्. साहित्यिक यात्रा मा गजल लाई सफलता को सुभकामना /
जनक जी धेरै धेरै धन्यवाद है मिठो कमेन्टको लागी .. तपाँइ हाम्रो सहकार्यले नै साहित्य वाटिकामा मगमगाउदा फुलहरु फुल्नेछन् । जनक जी अनि अरु मित्रहरुको साथ रहिरहे अरु थप गजल लेखने हौसला प्राप्त हुने छ ।।।।
ReplyDelete