Sunday, July 31, 2011

गजल

आयुष सम्मोहन
सार उहि हुन्छ खाली गाता फेरिन्छ
केही मोड काटे पछि  नाता फेरिन्छ

हरेक पटक मृत्युवरण गरिसकेपछि
बाँचे फेरी अर्को जीवनदाता फेरिन्छ

उहि हुन्छ बाँच्ने नियम उहि हुन्छ ऋतु
मात्र फरक ऋतुसंगै छाता फेरिन्छ

उपलब्धी जीवनभरको जति भएपनि
उहि हुन्छ नाम तर खाता फेरिन्छ ।

3 comments:

  1. sundar mitho gazal......

    ReplyDelete
  2. आयुष जी गजल त भित्रसम्मछुनेगरिलेख्नुभयछ सार उहि हुन्छ खाली गाता फेरिन्छ
    केही मोड काटे पछि नाता फेरिन्छ
    मौसम का रंग हरु संगै परिबर्तन हुने मान्छे का मन हरु यस्तै हुन्. साहित्यिक यात्रा मा गजल लाई सफलता को सुभकामना /

    ReplyDelete
  3. जनक जी धेरै धेरै धन्यवाद है मिठो कमेन्टको लागी .. तपाँइ हाम्रो सहकार्यले नै साहित्य वाटिकामा मगमगाउदा फुलहरु फुल्नेछन् । जनक जी अनि अरु मित्रहरुको साथ रहिरहे अरु थप गजल लेखने हौसला प्राप्त हुने छ ।।।।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..