Thursday, January 27, 2011

सीआरबीटीबाट प्राप्त रकम असहायलाई

माघ १३, नेपालगंज :  गायक कन्हैया सिहंले आफ्नो गिती एल्बम ‘आलाप’को सीआरबीटीबाट प्राप्त रकम मध्य असहाय तथा द्वन्द्वपीडित बालबालिकालाई १० हजार रुपैंया सहयोग गर्नु भएको छ । बागेश्वरी अशल शासन क्लब ( वास ) र अन्तराल नेपालगञ्जको संयुक्त आयोजनामा हिजो नेपालगञ्जमा गरिएको सांगितिक भेटघाट कार्यक्रममा गायक सिंहले बालवालिकाको संरक्षण गरिरहेको संस्था समाज विकास तथा प्रवद्र्धन केन्द्रलाई उक्त रकम सहयोग गर्नुभएको हो ।
नेपालगञ्ज– ३ घरबारी टोल निवासी गायक सिंहले आफ्नो स्वर्गीय आमा टिकामाई परियार र स्वर्गीय पिता गोपाल सिंह परियारको स्मृतिमा उक्त रकम सहयोग गर्नु भएको हो ।
अन्तराल हलमा आयोजित कार्यक्रममा गायक सिंहले आफ्नो सानो सहयोगले अन्य व्यक्तिहरुलाई पनि सामाजिक सेवाका लागि पे्ररणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । सहयोग रकमको चेक बुझेपछि केन्द्रका अध्यक्ष मिन प्रसाद अर्यालले गायक सिंह प्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले असहाय बालबालिकालाई बाँच्ने आधार मिल्ने विश्वास व्यक्त गर्नुभयो । केहि महिना अघि अन्तरालले आयोजना गरेको सांगीतिक कार्यक्रममा गायक कन्हैयाले सीडि एल्बम विक्रीबाट उठेको रकमले सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..