Sunday, January 23, 2011

सुबिसुधाको ‘फ्रन्टपेज’ बजारमा

पत्रकारिता र साहित्यिक सिर्जनामा तल्लीन सुबिसुधा आचार्यको ‘फ्रन्टपेज’ कथासङ्ग्रह हालसालै बजारमा आएको छ । गीत, गजल, कविता, उपन्यास, कथा आदि विधामा सशक्त रूपमा कलम चलाउँदै आएकी आचार्यको यसभन्दा अगाडि ‘अग्नियुद्घ’ र ‘रहस्यमय भोगाइ’ कथासङ्ग्रह लगायत अन्य विधाका सातवटा पुस्तकहरू समेत प्रकाशित भैसकेका छन् ।
‘फ्रन्टपेज’ कथासङ्ग्रहका बहुसङ्ख्यक कथाले नारी स्वर, नारी चेतना, नारी स्वायत्तता र स्वालम्बनका अवधारणा समेटेका छन् ।
शुद्घ, सरल र रसमय भाषामा विविध रूप र रङको सजीव चित्रण, संवादको सहज–स्वाभाविक एवम् जीवन्त प्रयोगले कथाहरू प्रष्ट र बोधगम्य बनेका छन् । काव्यसुधा डटकमले प्रकाशन गरेको यस पुस्तकमा रोचक एक दर्जन कथाहरू संलग्न छन् ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..