Thursday, January 20, 2011

कलाकार शान्ति मास्के र गायिका हरिदेवि वाईवाको निधन

हरिदेवि वाईवा
शान्ति मास्के
२०६७ माघ ५ नेपालगञ्ज
कलाकार शान्ति मास्केको गए राती करिब ११ बजेतिर निधन भएको छ । मुटुरोगबाट पीडित मास्केको काडमाडौंको बाँसबारीस्थित सहिद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा गएराती ११ बजे निधन भएको थियो । 
उहाँको पार्थिव शरिर श्रद्धान्जलीका लागि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । श्रद्धान्जलिका लागि प्रधानमन्त्री माधबकुमार नेपाल, सन्चारमन्त्री शंकर पोख्रेलसहित बिभिन्न राजनितिक दलका नेताहरु प्रज्ञा भवन पुग्नुभएको थियो । उहाँको हिजो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
अस्ति हिजो आज चलचित्रबाट अभिनय सुरु गर्नुभएको मास्केले झण्डै तीन सयवटा सिनेमामा अभिनय गर्नुभएको थियो ।  सन्तान चलचित्रको सुटिङ्गमा पुलबाट हामफाल्ने दृष्य दिँदा ढुङ्गामा ठोक्किएर घाइते हुनुभएको मास्केको मुटु जयन्ती शाह ट्रस्ट , लण्डनका नेपाली र नेपालका कलाकार र कलापारखीहरुको सहयोगमा ब्याट्री जडान गरि चलाइएको थियो ।
  मास्के राणकालमा नेपाली काङ्ग्रेसको भूमिगत राजनीतिमा बिपी,गिरिजा प्रसाद कोइराला र तारणीदत्त कोइराला संगै सक्रिय हुनुहुन्थ्यो । उहाँ कलाकारिताका साथै नेपाली काङ्ग्रेसले चलाएको प्रजातन्त्र रेडियोमा क्रान्तिकारी गीत गाउने तथा समाचार बाचन गर्नुहुन्थ्यो ।
कला क्षेत्रबाट उनले राष्ट्रलाई पु¥याएको योगदानको मुल्याङ्कन भुमिगत राजनितिका सहकर्मी गिरिजाप्रसाद कोइरालाले समेत नगरेको गुनासो उनको रहेको थियो । उनकै शब्द टिप्ने हो भने सात सालमा कांग्रेसले धनकुटा र बिरगञ्ज कब्जा गर्दा गिरिजाको जति नै भुमिका उनको पनि थियो । सञ्चारकर्मी संग उनले भनेकी थिइन “कांग्रेसले त मलाई कलाकार मात्र होइन , आफ्नो कार्यकर्ता र योद्धा समेत सम्झेर संरक्षण गर्नुपर्ने थियो ।”
२०३४ सालमा श्रीमानको क्यान्सरबाट मृत्यु भएपछि मास्के एक्लो हुनुहुन्थ्यो ।
यसैबिच पूर्वेली ठेट लोक भाकाकी मूर्धन्य गायीका हरीदेवी वाइवाको जलेर निधन भएको छ । घरमा आगो ताप्ने क्रममा सारीमा आगो सल्केर जलेकी वाइवाको तत्काल निधन भएको हो । ७२ वर्षीया वाइवाको भारतको सिलीगुढी नजिकैको कदमताला स्थित भानुनगरमा निधन भएको हो ।

वाइवाको ‘फरिया ल्याइदेऊ त्यै पनि रातो भनन, लगायत दर्जनौं लोकगीतहरु चर्चित छन् । जीवनभर कला क्षेत्रमा लागेका यी दुई ताराहरुको कदर न राज्यले गर्न सक्यो न कलाक्षेत्रले नै ....।
दर्शक र श्रोतामाझ परिचीत यी दुई आत्माको चिरशान्तीको लागी साहित्यवाटिका परिवार हार्दिक श्रद्धाञ्जली अर्पर्ण गर्दछ ।

2 comments:

  1. गायिका हरीदेबी हैन "हिरादेबी वाइबा" हो सच्याउँनु होला ।

    ReplyDelete
  2. उहाँको गिति एल्बममा हरिदेवि वाइबा नै छ ...। त्यही आधारमा मैले हरिदेवि वाइबा लेखेको हो । थप जानकारी भएमा आफ्नो नाम ठेगाना लेखेर हाम्रो इमेलमा पठाइदिनु होला ।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..