Tuesday, January 18, 2011

गायक कुमार कान्छा अब रहेनन

माघ ४ , गायक कुमार कान्छाको २०६७ माघ ३ गते निधन भएको छ । मेरुदण्डको पक्षघातबाट पीडित कान्छाको उपचारका क्रममा भारतको मुम्बईमा रहेको रहेजा अस्पतालमा हिजो दिउँसो सवा तीन बजे निधन भएको हो । कान्छाको जन्म बि.सं. २०१४ साल मंसिर २८ गते भएको थियो । मुलघर दैलेख भए पनि बुबा आमा रोजगारीका लागि भारतको कोलकाता पुगेका बेला उहाँको कोलकातामै जन्म भएको थियो । कुमार कान्छाले नेपालका एकसयभन्दा बढी चलचित्रका गित गाउनु भएको थियो ।

उहाँले २ वटा नेपाली गिती एल्बमसमेत निकाल्नु भएको थियो भने लाहुरे, कोशेली जस्ता नेपाली चलचित्रमा अभिनय समेत गर्नुभएको थियो । गायक कान्छाले पिया कर गावँ नामको हिन्दी चलचित्रमा उत्कृष्ट अभिनय गरे बापत भारतमा राष्ट्रियस्तरको पुरस्कार पाउनु भएको थियो । भारतमै जन्मे हुर्केका कान्छाले त्यहाँका २५ भाषामा १ हजारभन्दा बढी गीत गाउनु भएको थियो । कुमार कान्छालाई हार्दिक भावपूर्ण श्रद्धाञ्जली ।
साहित्यवाटिका परिवार

2 comments:

  1. कुमार कान्छालाई हार्दिक भावपूर्ण श्रद्धाञ्जली ।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..