Sunday, January 16, 2011

यहाँ अब

प्रेम वली
हे आमा
तिम्रो मुहार फेर्छु भनी
एउटा कर्मठ पुत्र बनी
कसम पनि खाइयो
गर्दै जादा
उल्टो उल्टो यहाँ पाइयो
चोर डाँका समाउदा
अनेक लाल्छना लाइयो

के गर्ने आमा
यहाँ त
कि ढाट्नेले खादोरैछ
 कि भाड्नेले खादोरैछ
आफु त सोझो परीयो
रातदिन मरेर गरियो

कुरो बुझ्दै जादा
भ्रष्टचारिलाई बढुवा
निष्टाचारी त भडुवा
घुसखोरिलाई तक्मा
कर्मठधारीलाई चक्मा
समय त उल्टो रहेछ
सोझाको अब दिन गएछ ।

यहाँ त
तस्करलाई सम्रक्षण
लुटेरालाई आरक्षण छ
बुद्दी भन्दा धन ठुलो
कलम भन्दा घन ठुलो छ
यहाँ अब
कालो बजार मालामाल छ
सेतो बजारको अनिकाल छ ।

गर्नेलाई छेकिन्छ
नगर्ने राम्रो देखिन्छ
सडक देखी सभासम्म
तिम्रा पान्डपहरु
अल्पमतमा परेकाछन
कौरबहरुले यहाँ
गर्नुसम्म गरेकाछन
बिदुर र भिष्म पनि
सकुनी मामाहरुले
खालमा घेरिएकाछन
गान्धारीहरु पनि यहाँ
पहिले भन्दा फेरिएकाछन

सुनिन्छ
रामायनका रावनहरु पनि
तिम्रै देशको
महाभारततिर खेरिएकाछन।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..