Friday, January 14, 2011

घाउहरु एकएक

                                                            भौतिक मल्ल जंगली गाँउले गोठालो
घाउहरु एकएक चाँजिएर बसेको छु
थोपा थोपा रगत साँचिएर बसेको छु

अनौठो जिवनको अनौठा प्रहरहरु
समस्यामा जिउदै गाँजिएर बसेको छु

हराए हाँसोहरु थुप्रिय आँशुहरु
मानवकै रुपमा टाँसिएर बसेको छु

के–के हुँदो रैछ थाहा छैन जिन्दगीमा
सबै थोक अब बाँजीएर बसेको छु

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..