Friday, January 14, 2011

संसदिय ब्यवस्था र विसंगति

                                                                           – भरत प्रसाइ
संसदवादी ब्यवस्थामा जालझेल धेरै हुँदो रैछ
कालो सेतो–सेतो कालो बनाइदिन सक्ने रैछ
कल्पवृक्ष रोपे पनि विष वृक्ष बन्दो रैछ
एकतालाई कमजोर पार्ने कालाजादु जस्तो रैछ
दिउसै रात बनाइदिने पीसी सरकार जस्तै रैछ
शक्तिशाली लंगौटीमा अण्डा पार्न पुग्दो रैछ

पशुपतिको पुजारीलाई अजर अम्बर देख्दो रैछ
जनतालाई जादु देखाई राष्ट्रलाई नै बेच्दो रैछ
जनताबाट हारेपनि प्रधानमन्त्री बन्दो रैछ
अर्जुन भिम जस्ता भाईलाई बनवास खेद्दो रैछ

त्याग तपस्या बलिदानी देख्दा तर्सी हिड्दो रैछ
द्रौपतिलाई नाङ्गै पार्ने कोसिस पनि गर्दो रैछ
बाहिर झण्डा लगाए नी भित्र नाङ्गै बस्दो रैछ
सामन्त र विस्तारवादको कठपुतली बन्दो रैछ

लाज सर्म पचाउने दुष्प्रयास गर्दो रैछ
उज्यालोमा अन्धो बन्ने अँध्यारोको उललु रैछ
संसदवादी ब्यवस्थामा जालझेल धेरै हुँदो रैछ
कालो सेतो–सेतो कालो बनाइदिन सक्ने रैछ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..