Thursday, June 16, 2011

कहानी उस्तै उस्तै .... गजल

अनुपमा करारा ‘विवश’   
तिम्रो र मेरो कहानी उस्तै उस्तै
पीडादायी हाम्रो जवानी उस्तै उस्तै ।

साउन र भदौ बनी झर्छन् आँशु
बर्षातको रगत त्यो धनी उस्तै उस्तै ।

पीडा देउ या मार, विष बनि मलाई
नयनबाट झर्ने त्यो पानी उस्तै उस्तै ।

भन्छौ भने यदि संगै दुख काटौं
तिमी राजा म तिम्रो रानी उस्तै उस्तै ।

‘विवश’ले नी यो गल्ति गर्न छे राजी
बनाउँ मनमा प्रेमको खानी उस्तै उस्तै ।
                                                बर्दिया

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..