Friday, July 30, 2010

बहरवद्ध गजल

शिव मिश्र
सुनौलो बिहानी नयाँ देखिदैछ
र एउटा अनौठो कथा लेखिदैछ ।।

किराले सडेको कुनामा लडेको
पुरानो बुटाको जरा भेटिदैछ ।।

नगर्ने नमर्ने न निभ्ने न बल्ने
अँध्यारो निशाको कला छेकिदै छ ।।

कता हो कता हो यसो निस्किएर
लुगामा सरेको लुतो मेटिदैछ ।।

भरोसा नसुक्ने र आशा ननिभ्ने
सुधाले भिजेको धरा टेकिदैछ ।।

जन आन्दोलनको सफलता पछी अब नेपालमा शान्ति आउछ होला भनेर <सुधाले भिजेको धरा टेकिदैछ ।।>यो वाक्य प्रयोग गरेँ तर ब्यर्थ हुनेभो जस्तो लागि राछ ...

यो गजल
मुफरद बहर
बहरे मुतकारिब मुसम्मन सालिम / पिङ्गल छन्द - भुजङ्ग प्रयात
अर्कान - फऊलुन x 4 (iss x 4)
Harnamadi-7,Makawanpur
Softwarica College Of IT & E-Commerce
Putalisadak,KTM
9841137653

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..