Sunday, September 18, 2011

गजल

 मिथिला प्याकुरेल
मनभित्रको मझेरीमा तिमी आफैलाई डुवाएर
सक्छौ भने सोधप्रश्न आँखा आँखा जुदाएर ।

रामले पनि अविश्वास त गरेके हुन सितालाइ
मनले मान्छ भने सानु हाल अग्नी जलाएर ।

आफनो ईज्जत आफैढाकी चोखो बन्नु पर्ने मैले
भैगो सानु झुटो चोखो आफै हेर फुटाएर  ।

पानी माथि ओभानो भै दोषि आज मनै भए
तागत हो त्यो भने तिम्रो लैजाउ मन चुडाएर।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..