Sunday, September 18, 2011

गजल

आयुष सम्मोहन
बेमौसमी त्यो बाजाको ताल फरक लाग्यो ।
हिजो आज मायालुको चाल फरक लाग्यो ।

उहि ठाउँ उस्तै पानी उस्तै थियो बहाव
तर पनि सुनामीको छाल फरक लाग्यो ।

बाँच्ने रहर छैन अब मर्न पाए हुन्थ्यो भन्थे
सोच्दै छु म आज किन काल फरक लाग्यो ।

सधै भरि अभाव अनि गरिबिमा बाँचेको छु
फर्की हेर्दा आफ्नै विगत बेहाल फरक लाग्यो ।
२०६८ भाद्र ११

3 comments:

  1. बेमौसमी त्यो बाजाको ताल फरक लाग्यो ।
    हिजो आज मायालुको चाल फरक लाग्यो ।
    एकदमै मिठो छ...

    ReplyDelete
  2. प्रेम जी अनि निशान जीलाई धेरै धेरै धन्यवाद छ है मिठो प्रतिक्रियाका लागी...

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..