Wednesday, December 8, 2010

...चेतनाको आधारमा मानव समाजको वर्गीकरण ....

बुद्धि प्रसाद उपाध्याय
          उच्च चेतना बोकेको मानिस इश्वरको सृष्टिको एकअनुपम उपहार हो जगतको लागी | मानिस भएर जन्मियेपछि चेतनाको उच्चतम उपयोग गरेर प्रक्रितिलाई सुस्न्दरतम बनाउने र अफना कार्यहरु 'सर्वजन: हिताय:,सर्वजन:सुखाय :'को मर्मअनुसारनै  गर्नु पर्ने हो | तर आजको मानिस चेतनाको दुरुपयोग गरेर व्यक्तिगत स्वार्थ पूरा गर्ने कार्यमानै तल्लीन रहेको पाइन्छ |
                यद्यपि मानिस चेतनशील प्राणी हो तथापि सबैमा चेतनाको स्तर समानरुपमा रहेको देखिंदैन | प्रकृतिको पाठशालावाट पाएको शिक्षाको अनुभव र सदगुरूहरुवाट प्राप्त शिक्षाको प्रभावपनि मानिसमा समान रुपमा परेको पईन्दैन |कोही अज्ञानमा बांचेको छ र कष्टपूर्ण जीवन व्यतीत गर्न विवश छ ,कोही अरुलाई ठगेरआफ्नो ऐश-आराम खोजी गरी रहेको छ ,
कोही आफूमा भएको ज्ञान लाई उपयोग गर्दै समाजमा आफ्नो बिशिष्ट स्थान बनाउनमै तल्लीन छ र अति सानो संख्यामा कोही-कोही मात्र सृष्टिको मर्मलाई आत्मसात गरेर आफ्ना दैनिक कार्यहरु गरी रहेका छन | यसरी हेर्दा मानव समाज  चार वर्गमा बिभाजित रहेको देख्न सकिन्छ |
              पहिलो वर्ग त्यों हो जसले सूर्योदय संगै आफ्नो दैनिकी शुरू गर्छ ,हड्डी घोटर परिश्रम गर्छ र  र्सुर्यास्तको प्रतीक्षा गर्छ | सांझमा आफ्नो परिश्रमको आर्जन स्वरुप पाएको सीधो  -पीठो बोकेर घर जान्छ र परिवारका सदस्यहरु वीच दामासाही बांड-फांट गरेर खान्छ अनि आर्को सूर्योदयको प्रतिक्षामा रात बितांउछ |दिनभरिको परिश्रमले थकित उसलाई न आरामदायी बिछ्यौनाको ,न मच्छरहरुवाट बच्न झुलको आवश्यकता महशुस हुन्छ |एउटा गुन्द्रीसम्म भये पुग्छ र त्येसैमा उ गहिरो निद्रा प्राप्त गर्न सफल हुन्छ |
             यसरी जीवन निर्वाह गरिरहेको यो वर्गमाथी समाजका टाठा-बाठाहरु हावी भई रहेको यत्र -तत्र देख्न पाइन्छ |उदाहरणको लागी जस्तै 'निमोनिया'ले सिकिस्त भयेकी श्रीमतीको सवालमा गांउका धामिले ' बन'को लागेको भन्ने बहानामा गरेको  कालो बोको चाहिने फरमाईस होस अथवा कर्म-कांडी पुरोहितले पित्री उद्धारको लागी गरेको  गतिलो दान-दक्षिनाको फरमाईस होस उ त्यसका लागी पछि बनी गरिदिएर चुक्ता गर्ने शर्तमा ऋण खोजेर भये पनि तुरुन्तै पूरा गर्न तैयार हुन्छ |
             यतिमात्र नभयेर देशको सासन- सत्ता संचालन गर्नेहरुपनि यसै वर्गको भावनामाथी खेलेर लाभान्वित भै रहेको हाम्रै आँखा अघाड़ी पर्याप्त उदाहरणहरु छन ,जस्तै चुनाव आएको वेला कांग्रेसको कुनै कार्यकर्त्ता उसंग जान्छ र भन्छ ,,,"हेर ; यो पालिको चुनावमा कांग्रेसलाई भोट हाल्नु पर्छ | अरु पार्टीहरु कुनैपनि ठीक छैनन,पञ्चहरु फटाहा हुन बिगतमा जनतालाई धेरै दुःख दिये,देश लूटेर आफ्नो दुनो सोझ्याये र सात पुस्तालाई पुग्ने गरी धन कमाये|कम्युनिष्टहरुले पनि बुढा-पाका जतिलाई गोली ठोकेर मार्छन ,कड़ा परिश्रम गराउछन ,घंटी बजायेर खान बोलाउछन ,जात-पात मान्दैनन |त्यसैले गरीवको सच्चा हिमायती पार्टी भनेको कांग्रेसनै हो र भोट कांग्रेस लाईहाल्नु पर्छ  | "उसलाई हो जस्तो लाग्छ र त्यों कार्यकर्त्ताले अस्ति छोरीको नागरिकता बनाउन जांदा कर्मचारीलाई छिटो बनाइदिनको लागी भनी दियेको कुरोलाईपनि ठुलो गुन लगायेको महशुश हुन जान्छ र भोट दिने आश्वासन दियेर पठाई दिन्छ |
                आर्कोदिन फेरी कम्युनिष्ट्को कार्यकर्त्ता उसको नजिक पुग्छ आफ्नो कुरो राख्छ ..."हेर ;यो पालिको चुनावमा भोट हाम्रो उम्मेद्वारलाई दिनु पर्छ  | पञ्चहरु खराव हुन,कांग्रेस धनीहरुको पार्टी भयेकोले यसले गरीवका लागी कुनै भलाईको काम गर्दैन,गाँउमा हेर फलानो-चिलानो धनी मान्छेहरु सबै कांग्रेस छन र ईनिहरूले गरीवको लागी केही गर्दैनन |दुखी-गरीवको भलाई गर्ने पार्टी भनेको एकमात्र कम्युनिष्ट हो ,त्यसैले भोट अन्त नहालेर कम्युनिष्टलाई  नै दिनु पर्छ |"उसले त्यों पनिध्यानपूर्वक सुन्छ र हो जस्तो महशुश गर्छ अनि सम्झन्छ पोहोरसाल उसकी छोरी गांउको फलानाको घरमा चामल केलाउन जांदा त्यसले गरेको दुर्व्यवहारको प्रतिकार गरेर थोरै भये पनि आर्थिक राहत उपलब्ध गराईदिने  इनै कम्युनिष्ट ता हुननि | भल्लै आज त्यों फलानो त्यसै पार्टीको कार्यकर्त्ता किन नहोस बेलामा गुन लगायेकै हुन  ,इनै कुरा सम्झेर उसलाई पनि भोट दिने आश्वासन दिन पुग्छ |
                 फेरी आर्कोदिन पञ्चहरुको मान्छे जान्छ र उसलाई भन्छ .."यसपालीको भोट हामीलाई दिनु पर्छ |कांग्रेस-कम्युनिष्ट भनेका राजा मास्ने पार्टी हुन बुझिस ,हाम्रा बाबु-बाजेहरुकई पाला देखि अन्यायमा न्याय दिने भनेकै राजानै हुन |राजानै रहेनन भने हामीले न्याय पाउने ठाऊनै हरांउछ ,जसले जे गरे पनिसहनु पर्ने हुन्छ |त्यसैले यसपटकको भोट चांही हामीलाई दिनु पर्छ |"उसले त्यों पनि सुन्छ र हो जस्तो लाग्छ अनि अस्ति श्रीमती बिरामी हुंदा चर्को ब्याजमै भये पनि दिएको ऋणलाइ ठुलो गुन सम्झन्छ र भोट हाल्ने आश्वाशन दिन पुग्छ |
            आखिरमा मतदान गर्ने दिन उसलाई जसले गोजिमा रु १०० हालीदिन्छ उसैलाई मत-पत्र जिम्मा लगाईं दिन्छ |यस प्रकार आफ्ना दिनहरु व्यतीत गरी रहेको यो वर्ग ज्यादै अज्ञानमा बांची रहेको छ ,जसलाई संसारको कुनै पनि कुरामा चासो रखने नत ज्ञान छ नत फुर्सदनै छ |यो वर्गलाई 'अज्ञानी 'भन्न सकिन्छ |
          यो भन्दा एक तह माथी आर्को एउटा वर्ग छ ,जसले मानव समाजको ठुलो हिस्सा ओगटेको छ |दोस्रो वर्गमा पर्ने यस समूहका मानिसहरु ज्यादै स्वार्थी हुन्छन जसले आफुसंग भयेको थोरै ज्ञानको उपयोग गरेर ठुल-ठुला व्यक्तिगत फाईदाहरु पूरा गर्न सफल हुन्छन् |ईनीहरु संग एक-दुईवटा कितावहरुको सतही ज्ञान पनि हुन्छ जसको मद्दतले ठुला-ठुला बहसहरुमा पनि भेड़िया-धसान हिस्सा लिन पुग्छन तर कुनै पनि सवाललाई टुंगो लगायेर हल गर्ने वा महत्वपूर्ण निर्णय दिन असक्षम रहन्छन |हार मान्न कहिलेई तैयार नहुने यो वर्गको प्रभाव पहिलो वर्गमाथी राम्रैसंग रहेकोले भोटको राजनितिमा यो वर्ग ज्यादै उपयोगी पनि देखिन्छ र आफ्नो उपयोगितालाई 'चेक'को रूपमा भंजाई खान यो वर्ग धेरै खाप्पिस हुन्छ |
            घोकन्तिविद्यामा पारंगद यस समूहका केही व्यक्तिहरुले सरकारी सेवाहरुमा पनि स्थान बनाउन सफल भयेको देख्न पाइन्छ ,जसको माध्यमवाट देश डुबायेर, जनतालाई लूटेर आफ्नो अईस-आराम हासिल गर्ने कार्यमै ईनिहरू लिप्त रहेको पाइन्छ |ईनिहरू संसारवाट खाली हात जानु पर्ने ,आफ्ना कार्यहरुले सन्तानको शिर निहुरिने जस्ता परमसत्य र नैतिक मूल्य-मान्यताका कुरा हरुलाई खोक्राआदर्शहरु भन्ने गर्छन र सुनका भाँडामा  सुनकै चामलको भात पकायेर सुनकै थालमा राखेर सुनकै चम्मचले खाने होड़वाजीमानै तल्लीन रहेका हुन्छन् साथै सातपुस्ताको लागी सम्पति जोड़ने र सम्पतिको उपयोगवाट समाजले धान्न नसक्ने नया-नया चलनहरु स्थापित गराई कमजोर आर्थिक अवस्थामा रहेकाहरुलाई अफ्टेरो पर्ने कामहरु गर्न माहिर हुन्छन ,कुनै ईमानदार राजनेता ,मन्त्री अथवा तालुकीअड्डाका हाकिम हरुलाई "यो कमिसन हो जायज हो ,हजुरको अधिकार हो भन्दै नाजायज आर्थिक लाभ लिन अभिप्रेरित गरी 'मन्दबिष' को प्रयोगवाट भ्रष्टाचारको दल-दलमा फंसाउन यो वर्ग ज्यादै माहिरहुन्छ |आफ्नो लुटको आर्जनलाई सेतोधनको मान्यता दिलाउन नव धनाढ्यको रुपमा उदय भयेको यो वर्गले आफ्नो लुटको एक हिस्सा राजनैतिक दलहरुलाई चन्दा दियेर त्यांहां पनि आफ्नो महत्वपूर्ण स्थान कायम गर्ने , मठ-मंदिरहरुमा दान-दक्षिणा दियेर शिलालेखमा नाम लेखाउने,घरमा पुराण आदि लगायेर राम्रो दक्षिणाले पण्डित-पुरोहितहरुलाई खुसी पारेर उनिहरुमार्फ़त आफ्नो यश गांउन लगाउने जस्ता कार्यहरु पनि यो वर्गका मानिसहरुले पर्याप्त गरी रहेको सर्बत्र देख्न सकिन्छ | यो वर्गलाई 'अल्पज्ञानी'भन्न सकिन्छ | एउटा भनाइपनि छ 'अल्पविद्या भयंकरी' |  आजको संसार यही वर्गको पकड़मा रहेको अनुभूति सबैले गरी रहेको छ | जसरिपनि अरुभन्दा आफु सबल-सक्षम प्रमाणित गर्ने |आफ्ना कार्यहरुलाई चित्त बुझोस नबूझोस अरुले समर्थन गर्नै पर्ने जस्ता दवावहरु यत्र-तत्र  खेप्नु पर्ने बाध्याताले देश र जनता आक्रान्त छन|त्यसैले यो वर्गवाट सतर्क रहनु पर्ने र सबैले आ-आफ्नो ठाउ वाट सम्भव भये सम्म यस्तो प्रबित्तिलाई निस्तेज गर्न योगदान गर्नु पर्ने आजको आवश्यकता हो |
             माथी उल्लेखित दुई वर्ग हरु बाहेक समाजमा आर्को एउटा वर्ग रहेको पाइन्छ जुन तेस्रोमा पर्छ |पुरातन शास्त्र देखि अत्याधुनिक सिद्धान्तसम्मको   प्रखर ज्ञाता यो वर्गले वेद-पुराण ,उपनिसद,नीतिशास्त्र ,कर्मकाण्ड देखि आइन्स्ताइन्को 'quantum theory 'सम्मका सवालहरुमा जँहा जसले जसरी जिज्ञासा राखेपनि टुंगो लगायेर ठीक-ठीक जवाफ दिन  सक्षम रहेको पाइन्छ |अति अध्ययनशील रहेको यस वर्गको विद्वता माथि  शंका गर्ने कुनै ठाउ छैन |दोस्रो वर्गवाट पर्याप्त आदर-सत्कार र मिष्टान्नभोजन प्राप्ति गर्ने यो वर्गका अधिकांस कार्यहरु दोस्रो  वर्गको हीतसापेक्ष रहेको पाइन्छ |यो वर्ग सिद्धान्तको ज्ञाता भयेरपनि सिद्धान्तलाइ व्यवहारमा ल्याउने सवालमा आफ्नो स्वार्थ अनुकूलता र प्रतिकुलताका आधारमा सिद्धान्तको अनर्थ ब्याख्या गरेर स्वार्थ अनुकूल कार्यहरु सम्पन्न गर्ने गर्छ |
                यसै सन्दर्भमा एउटा कथा याद आयेकोले यंहा उल्लेख गर्नु प्रासंगिक संझें|कथाले भन्छ ......"सम्पूर्ण शास्त्रहरुका ज्ञाता एक सन्त रछन | आवाल ब्रम्हचारी ई सन्तकोमहिमा ज्यादै ठुलो रहेछ | उनका प्रवचनहरु सुन्न मानिसहरु ज्यादै लालायित हुंदा रहेछन | एकदिन सन्तले' समाजमा नारीहरुको स्थान र नारीहरुको महत्व'सम्बन्धमा प्रवचन गर्न शुरू गरेछन | उनका प्रवचनले श्रोताहरू ज्यादै ओत-प्रोत भयेर उनीमाथी झन श्रद्धाले शिर निहुरयाएर उनी प्रति आदर प्रकट गरेछन | बेला-बेला संस्कृतका श्लोकहरुको उच्चारण गर्दै भन्दा रछन ..'नार्यास्तु:यत्र पूज्यन्ते रम्यन्ते तत्र देवता:' | श्रोतादीर्घामा झन उनीमाथी श्रद्धा बढ्दै गयेछ | यसै क्रममा एउटी नारीले भावाबेशमा आफुलाई सम्हाल्न सकींनछीन |भाव-बिभोर भयेर उनीले सन्तका पाऊ-स्पर्श गरी दिईछन |त्यसपछि सन्त एक्कासी रिसले चूर हुन पुगेछन र गाली गर्न शुरू गरेछन...'सत्यानास होस ,स्त्री-स्पर्शले मेरो ब्रह्मचर्यमा कालो धव्वा लागो,स्त्री भनेको नरकको द्वार हो ,कुलटा; तेरो सर्वनाश होस 'आदि आदि भन्दै उनले स्नानादि कार्य सम्पन्न गरेर तीन दिनको उपवास गरेछन |उपवासपछिता झन उनको महिमा यति धेरै बढेछ जस्ले गर्दा हिजो एउटी नारीले चरण-स्पर्श गरेकी थिइन आजता हजारों नारीहरु उनका चरण-स्पर्शका लागि लालायित हुनथालेछन |आजको मानवसमाजमा यस्तै विद्वानहरुको बाहुल्य रहेको छ |तपांई कुनै कार्यक्रमको आयोजना गर्नुहोस र यस्ता विद्वान्हरुलाई आमन्त्रित गर्नुहोस र आसीन गराउनुहोस,त्यसपछि हेर्नुहोस उनिहरुको मर्यादाक्रम अनुसार आसन नभएको सवाललाइ उछालेर आयोजकहरु माथी पूर्वाग्रही भएका उदाहरणहरु खोज्न मलाई लाग्छ टाढा गई रहनु पर्ने आवश्यकता छैन |हामीहरु पनि उनीहरूले भनेका र गरेका कार्यहरुलाई नकार्न सक्ने स्थितिमा नभएको यथार्थ हामी सामू लुकेको छैन,साथै यसै वर्गलाई 'ज्ञानी'को रूपमा स्विकार्न बाध्य छौं |
             माथी उल्लेख गरियेका वर्गहरु मध्ये पहिलोमा कतिपय मानिसहरु  दिमागी रुपमा बाठा हुन्छन र आफ्नै वर्गका मानिस हरुको अज्ञानताको  उपयोग गरेर क्रमश आफु लाभान्वित हुँदै अघि बढ्छन |अधिकांस यो बर्गका परिवारहरुमा कलहको बिचमै जीवन निर्वाह चलेको हुन्छ  | श्रीमानले आवश्यकता पूरा गर्न नसकेकोमा श्रीमतीहरूले उसको मर्दपन लाईनै चुनौती दिने ,श्रीमानले मर्दपन देखाउन श्रीमती लगायत परिवारका कमजोर सदस्य माथि भौतिक आक्रमण गर्ने ,पुरुषसदस्यहरु पीड़ा निबारणको बहानामा मादक पदार्थ सेवनमा लाग्ने,अभावले स्वभाव नष्ट हुने र मानसिक सन्तुलन गुमाउन पुग्ने सम्मका घटनाहरु समाजमा प्रायश देख्न सकिन्छ |
            दोस्रो  वर्गमा रहेका मानिसहरुमा पनि अल्पज्ञताको आधारमानै राष्ट्र र समाजको उन्नतिको चिन्तन बोकेका मानिसहरु पर्याप्त देख्न सकिन्छ | स्पष्ट निर्णायक क्षमाताको अभाव ,नव धनाढ्यहरुको दव-दवा,बलेको आगो ताप्ने चरित्र आदि-आदि कारणहरुले उनीहरूले यात बहती गंगामा बगी दिने र शक्तिशालीहरुको ईशारामा चल्ने या  पाखा लागेर बस्ने अथवा मानशिक संतूलन गुमाऊन पुग्ने जस्ता घटनाहरु सर्बत्र घटी रहेका उदाहरणहरु हाम्रै  समाजमा देख्न सकिन्छ |
              आफ्नो आदर-सम्मानको अपेक्षा ज्यादा गर्ने ,मान-मर्यादाप्रति अति संवेदनशील रहने तेस्रो वर्गका मानिसहरुमा पनि देश र जनताको भलाईको चाहना रहेको पाइन्छ  | आफ्नो स्वार्थ दोस्रोमा रहेका शक्तिशालीहरु वाट बढ़ी पूरा हुने हुंदा यो वर्गले बिस्तारै आफुलाई त्यतै तिर ढाल्दै लाने ,जनता हरुको दुःख-कष्टहरु लाई 'कर्मको फल 'को रुपमा परिभाषित गर्ने अथवा अन्तर-आत्माको आवाजलाई दवायेर  देखेर पनि नदेखे जस्तो गरी दिने प्रवित्तिहरु यत्र- तत्र समाजमा सधैं देखिने यथार्थहरु यंहा भनीरहनु पर्दैन |
               ई तीनै वर्गहरु भन्दा माथी चौथो वर्ग आर्को छ | यो वर्गका मानिसहरु पनि तेस्रो वर्ग भन्दा शास्त्र-ज्ञानमा तल छैनन तर कहिलेई ईनीहरु आफुलाई प्रचारित गर्न चंहादैनन |   आफुसंग भयेको शास्त्र-ज्ञानको सिद्धान्तलाइ आफ्नो व्यवहारमा उतार्ने सवालमा कति सफलता हासिल गर्न सक्षम भंये भनेर अहरह आत्म परिक्षणमा चनाखो भयेर निरन्तर प्रयत्नरत रहन्छन | कसैलाईपनि उपदेश दिनु भन्दा आफ्नो व्यवहारवाट समाजलाइ शिक्षा दिई रहेका हुन्छन | 'सर्व भूत:हितेरत :'को सिद्धांतलाई आत्मसात गर्न सक्षम यो वर्गका मानिसहरुका दिन-चर्याहरुले सधैनै 'स्वस्थ विश्व र सुखी विश्व 'को सन्देश प्रवाहित गरी रहेको हुन्छ र यो वर्गलाई 'प्रज्ञानी'अथवा 'युग पुरुष ' भन्न सकिन्छ |यो वर्गका मानिसहरु आजको विश्वमा बत्ती बालेर खोज्दा कतै-कतै सानो संख्यामा भेट्न सकिन्छ |तर जसरी 'भिल्व'का देशमा 'मणि 'को महत्त्व  बुझ्ने मानिसहरुको अभावमा 'कौड़ी 'को मूल्यमा फालिन्छ त्यसरीनै यस्ता युग-पुरुषहरुको महत्त्व र सन्देश  बुझ्न नसक्दा देश दिनानुदिन अधोगति तिर गई रहेको छ |
            त्यसैले आजको टटकारो  आवश्यकता भनेको उल्लेखित सवै वर्गभीत्र रहेका प्रत्येक व्यक्तिले आफ्नो अन्तरात्माको आवाजलाई  गम्भीरतासाथ पहिचान गरी आफ्ना कार्यहरु त्यसै अनुरूप अघि बढाउनुनै हो | आफ्ना कार्यहरुले भोली हाम्रा सन्ततिहरुको शिर निहुरिनु पर्ने र हामीलाई सराप्नु पर्ने अवस्था नआओस त्यस्मा सतर्क रंहु |
     यस्तै प्रकारले वर्ग-बिभाजित आजको समाजमा प्रत्येक मानिसले आ-आफ्नो वर्ग पहिचान गर्नु जरुरी छ ,त्यसैले सबैले आ-आफ्नो वर्गको खोजी गरौं |  ...
अस्तु ...                                                          budhi.upadhyaya@gmail.com

1 comment:

  1. धन्यवाद आयुषजी |मा कोशिश गर्छु .....

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..