ठाँउ ठाँउमा बन्धन हुन्छ होस गर
काठ्य बस्तु नि चन्दन हुन्छ होस गर
जुन आँखाले हेर्ने हो हेर छुट भयो
राम्रै पनि रन्जन हुन्छ होस गर
सर्वगुणी त यहाँ को नै हुन्छ र
अलि अलि गन्धन हुन्छ होस गर
घाम अनि जुनको भेट हुँदैन र पनि
बेला बेला खण्डन हुन्छ होस गर
क्रियसन योगी “विरङ्गना”
कोहलपुर बाँके
घाम अनि जुनको भेट हुँदैन र पनि
ReplyDeleteबेला बेला खण्डन हुन्छ होस गर
yo sair chai ramro lagyo hai ..
sumit Adhikari