Tuesday, July 31, 2012

टुडी खेल ( झटारो )

प्रेम वलि
टुडी खेल हो कि तुरी खेल
तर
खेलिन्छ यहाँ अनेक खेल
मान्छेको हुन्छ  ठेलम ठेल
नेता आउछ
मात्र
भाषण ठोक्छ
जनता आउछ
ताली ठोग्दै
खाली
अश्वासन बोक्छ
भक्तालु आउछ
महाकाललाई
त्यही बाटै  ढोक्छ
ब्यापारी आउछ
कराउदै
फलफुल  जोख्छ
नगर प्रहरी आउछ
उठाउदै
सबैको  माल बोक्छ
विद्यार्थी आउछ
पुरानो किताब घोक्छ
पागल आउछ
चिच्याउदै  
 रिस राग  पोख्छ
ज्योतिषी आउछ
जोखना हेर्दै
भबिष्य  खोक्छ
जादुकर आउछ
भुलाउदै
भिड भाडलाई रोक्छ
बगली मारा आउछ
खल्ती छाम्ने
मौका छोप्छ
भिखारी आउछ
माग्दै सबको
दिमाग टोक्छ
जून आउछ
नसामा मात्दै
रातलाई भोक्छ
कुकुर आउछ
तुर्काउदै
निशाना तोक्छ
बिचरा टुडिखेल
हेर्दै
यो  सारा खेल
कहिले लाजले
आँखा तोप्छ
कहिले टेन्सनले
टाउकोमा  ठोक्छ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..