Friday, July 27, 2012

गद्य कविता

म हरेक बिहान उही शब्दको खोजीमा
रामकृष्ण पौडेल"अनयास"
प्रत्येक झुपडी चहारी रहेको छु,
सोध्न खोज्छु एक बुदी आमा आँसुको
समुद्र थुन्दै भन्छिन्,
खोज तिमी मेरो अन्तिम चितासम्म पनि पर्खिरहने छु ;
मेरा पाईला थाकिसकेका छन्
हरेक मान्छेको मुहार मलिन छ
पर्खिरहेका छन फेरि भोलिको बिहान
म निरन्तर खोजिरहेको छु
साथमा लिएको कलम पनि खिया लागिसक्यो
गलिसके हात जसमा कलम र कागजको टुक्रा थियो ।
त्यही जमिसक्यो मसि धमिराको आहारा बनिसक्यो
त्यो टुक्रा कागज,
जसमा म खोजिरहेको शब्द भेटी कैद गर्न चाहन्थे ।
अब त खै कहाँ छ ?
अहिलेसम्म ती बुढी आमाको पनि
सास अन्तिम नै भयो होला
अनि सल्काउदै होलान चिता
म खोजिरहेछु शब्द
जस्ले यस्ता हरेक मृत्यु रोक्ने छ ।

भरतपुर 13, चितवन ,
गजलकुन्ज,

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..