Friday, December 3, 2010

गजल "यो देशमा" (“छाया” छन्द)

दुखाई यो आत्मा सकस अति भो चम्क्यौ नि यो देशमा
मलाइ के भन्छौ भन किन तिमी लम्क्यौ नि यो देशमा ।

दुखाई रुवायौ ति सब जनका शान्ती त भागेर गो
बनाइ अन्धेरी डरभर सबै गम्क्यौ नि यो देशमा ।

झुकाऊनै खोज्यौ तर पनि त हारे छौ नि जानेर के
जलाई ज्वाला त्यो रन–वन धुँवा हम्क्यौ नि यो देशमा ।

खरानी नै बन्यो परि बम र बारुदमा बले रै गयो

सुने चर्को आवाज अनि कसरी दन्क्यौ नि यो देशमा ।

लडाई छेडेको भए त पहिले ‘गोर्खे’ अगाडी सरी
मिलाई सम्र्झाइ विरह जनमा भन्थ्यौ नि यो देशमा ।

“छाया” छन्द
१९ अक्षर, (।ऽऽऽ+ऽऽ।।+।।।ऽ+ऽऽ।ऽ+ऽ।ऽ) रुक्नमा आधारित
(मफाईलुन्+मुस्तफ्इलु+मुफइलुन्+मुस्तफ्इलुन्+फाइलुन्)

गोर्खे साइलो
साभार ः मुस्कान गजलसंग्रह

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..