१
आयुष सम्मोहन |
तिमीलाई नै सम्झि
मध्य रातमा
२
छोडेर हिड्यौ
भेटे जस्तो नी लाग्छ
सपना भरि
३
मुटुमा छेड्यो
सम्झिदैमा छ गाह्रो
तिखो वचन
४
संज्ञा दियौ नी
मलाई धोकेवाज
तिम्रो आँखामा
५
हराएछु म
रक्सिको बोतलमा
तारा गनेर
६
सडक भरि
आउने प्रतिक्षामा
कथा र ब्यथा
७
अँगालोमा छ
पत्याउनै सकिन
जवान ठिटो
८
महल ताक्यो
कसरि दिन सक्थे
भोको पेटले
९
खुसी भै जीउ
मलाईझै नगर
रुखो आवाज
१०
घायल मन
सुवास भेटाउन
अन्तै नरोज
रझेना ५ कृष्णनगर बाँके , हाल नेपालगंज
हाईकु बारे जानकारी लिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..