Thursday, April 7, 2011

भोली आउँछ आउँदैन

गएको समय फर्केर भोली आउँछ आउँदैन
कपिल अन्जान
न बस तिमी पर्खेर भोली आउँछ आउँदैन

एक्लै किनारमा बसी मदिरा पिउँदै छौ तिमी
सुनामी पनि तर्सेर भोली आउँछ आउँदैन

इतिहास बनाएर जाउ कि इतिहास छोडेर जाउ
जाँदै छ उमेर ढल्केर भोली आउँछ आउँदैन

त्यो सहरमा हावा हुरीको कुनै भरोसा छैन
अन्जान तिमीलाई सम्झेर भोली आउँछ आउँदैन /

कोहलपुर

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..