Saturday, April 9, 2011

उपनामको महत्व

‘निश्चल झनक अधिकारी बारुद’
यो दुनियालाई अचेल दामको महत्व
नाम पछाडी उपनामको महत्व

अल्छी बन्दा मानिस यश आराममा
दिनरात सधै सधै विश्रामको महत्व

नपाउँदा रोजगार अनि व्यवस्तता
बन्दा आफु एक्लो कामको महत्व

अझै यदि प्रेममा केही दर्साउँदा
रक्तिम चिठ्ठी बाहिर एउटा खामको महत्व

गल्ती हुँदा पनि पूजा गर्दा पनि यस्तै
मर्दा मान्छे त्यही थेगो रामको महत्व

अछाम सेरा–१, फल्टाने सुन्दरबस्ती
हाल – कलेज अफ अलाइड हेल्थ साइन्स, नेपालगञ्ज

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..