Wednesday, December 8, 2010

गजल "के दोष ?"

आरती के.सी.
वाटरपार्क नेपालगंज 

हिमाल फुटेर छेउकुना काटे भेलले खोलीको के दोष ?
बोल्छ जे नी धारहिन जिब्रो अनि बोलीको के दोष ?

दुस्मन देखि ताक्छौ निशाना बन्दुकको नाल छातीमा
छेड पर्छ जब तन वारपार गरेर अनि गोलीको के दोष ?

कालो रातो निलो हरियो अनेकन रङ्गमा पोतिएर
लगायौ दाग आफ्नै निधारमा अब होलीको के दोष ?

गर्न खोजेनौ केही नयाँ उपलब्धी आज यो विहानीमा
हिजो भएन मेरो र आज छैन मेरो तर भोलीको के दोष ?

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..