Sunday, April 4, 2010

गजल

मेरो दिनचर्यामा पहरा ब्यतित भइरहन्छ
उषाप्रहरमा छहरा ब्यतित भइरहन्छ ।

समिक्षामा दिनचर्याको पटाक्क्षेप गर्दै
सुनामी मुटुभित्र लहरा ब्यतित भइरहन्छ ।

घाइते मनलाई डो¥याउने बैशाखीको साहारामा
अल्पविरामको कखरा ब्यतित भइरहन्छ ।

दोष विनाको मान्छे कतै भेटिन
सितलताको मनोहरा ब्यतित भइरहन्छ ।

भाइचाराको सम्बन्धमा फुट भएपछि
आफैमा नकचरा ब्यतित भइरहन्छ ।

मौसमजी भण्डारी क्यानभास
लाटीकोइली ४ नयाँघुस्रा सुर्खेत

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..