Sunday, April 4, 2010

गजल

जे बोलेनी मिठै लाग्छ तिम्रो बातै प्यारो
निश्वार्थ मनले दिएको साथै प्यारो ।

मनले मनलाई स्पर्श गर्दै नजिक हुदा
सुस्त सुस्त कुरामा मस्त त्यो रातै प्यारो ।

मनले रोजे जातभात हुँदैनरे पिरतिमा
भात कति हुन्छ र खै तिमी म दुई जातै प्यारो ।

चञ्चल मन दुबैतिर उस्तैउस्तै हुँदा
काउकुति लगाउने बैंसालु मातै राम्रो ।

सुनिता शर्मा साहारा
सितापुर बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..