Sunday, April 4, 2010

गजल

आफु रोई अरुलाई हसाँउने आँट हुनुपर्छ ।
ओइलिएको फुल सजाउने आँट हुनुपर्छ ।

जिन्दगीका सुन्दर सपना आगोसंगै सल्के पनि
दुख पिडा बेदनामा पार लगाउने आँट हुनुपर्छ ।

एउटा वार एउटा पार दुई किनारा हुँदा
नदिको दोभानमा भेट बनाउने आँट हुनुपर्छ ।

संघर्ष हो जिवन संघर्षकै सिढी चढ्नेलाई
सफलतामा ताली बजाउने आँट हुनुपर्छ ।

शालिकराम सत्याल अर्विनयात्री
रामपुर ८ सल्यान कालीमाटी

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..