Friday, August 12, 2011

सुनामि को लहर मिलेन

जनक डि.सी.
फरक भिन्दै तिम्रो मेरो रहर मिलेन
म गाऊ अनि तिम्रो सहर मिलेन ।

समानता देख्छ सधै भन्थे नजर ले
खुसिहरु आफ्नै भन्नु ठहर मिलेन ।

हृदयका छाल सगै अमृत बर्षाहुदा
बदलामा प्यारमिश्रित जहर मिलेन ।

गगन चुम्ने यात्रा पाईलाहरु तिम्रो
पर्खाइ तीर मोडने मेरो कहर मिलेन ।

बिशालताको गहिराईमा तैरिदै म मन्द
शान्तता मा सुनामि को लहर मिलेन ।।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..