नबराज बुढा "नबिन उदासी" |
भेट्टाएन खोजे, ठाउँ–ठाउँमा तिमिलाई ।
भरीएर छताछुल्ल पोखिंदा भावना
पत्र लेखे तिम्रो नाउँ–नाउँमा तिमिलाई ।
अमुल्य रैछ तिम्रो मायाँ र पाइँन
रोजे सस्तो भाउ–भाउमा तिमिलाई ।
सम्योग मिलेन कतै भेट हुन हाम्रो
भेट्न खोजे, दाउँ–दाउँमा तिमिलाई।
कति चोट लाग्या होला कठै ! आज
त्यै पिडा देउ, घाउ–घाउमा तिमिलाइ ।२।
बुढागाउँ-७, चक्री टोल पोखरिय रोल्पा।
हाल: प्रबासिभुमी पाहाङ, मलेशिया
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..