Tuesday, July 6, 2010

मातृभुमि

आयुष चौधरी
रझेना ५ कृष्णनगर बाँके
सगरमाथा धौलागिरी शिरमा सजाउने
छातीभरी ढकमक्क गँुरास फुलाउने
झरनाको चिसो पानी बग्छ खोला नाला
बयली खेल्ने फाँटमा झुल्छन् धानका बाला
अनुपम प्रकृतिमा खुलेको मेरो र्स्वर्गभुमि
स्मृतिपटलको गाढा प्रतिछाँया
मेरो संसार मेरो नेपाल मेरो मातृभुमि ।।

पाउँ पखालिरहने गंगाजीको पवित्र जल
प्रणब गुन्जाईरहने ति तिर्थ स्थल
आकाश भरिनर्ेर्ेेान्तीका वयानहरु
ज्योति भर्ने यहि माटोका भावनाहरु
बुद्धले विश्व सामु चिनाएको मेरो ज्ञानभुमि
स्मृतिपटलको गाढा प्रतिछाँया
मेरो संसार मेरो नेपाल मेरो मातृभुमि ।।

बहुल जाती भाषा गाँस्ने साझा फुलबारी
अनेकतामा एकता छ मेरै मेची काली
डाँफे मुनाल मयुर रमाई रमाई नाच्ने
नेपालै नरहे हामी कहाँ बाँच्ने
म जन्मे हर्ुर्केको मेरो जन्मभुमि
स्मृतिपटलको गाढा प्रतिछाँया
मेरो संसार मेरो नेपाल मेरो मातृभुमि ।।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..