Monday, June 20, 2011

यो बुढेसकाल - गजल

प्रेमप्रकाश मल्ल मधुकर
गजबको काल हुँदोरैछ यो बुढेसकाल
अजबको हाल हुँदोरैछ यो बुढेसकाल ।

तनले साथ नदिने मन भने बाङ्गीरहने
बेतालको ताल हुँदोरैछ यो बुढेसकाल ।

आह वाह र परवाहतिर सारै लापरवाह
कलाकारको चाल हुँदोरैछ यो बुढेसकाल ।

तरुणको लागी आउने साल बृद्धाका लागी
गएको साल हुँदोरैछ यो बुढेसकाल ।

राजनितिमा समर्पित नेताहरुका लागी चै
सधैं मालामाल हुँदोरैछ यो बुढेसकाल ।

बयोबृद्ध अशक्त दीर्घरोगी मान्छेका लागी
कालको अनिकाल हुँदोरैछ यो बुढेसकाल ।।

नेपालगंज
साभार ः सजल गजल संग्रह

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..