Monday, June 20, 2011

भेडिगोठको छायांकन सुरु

ताप्लेजुङ, ६ असार÷ निर्देशक किशोर सुब्बाद्वारा निर्देशित चलचित्र भेडिगोठको ताप्लेजुङमा सुटिङ सुरु भएको छ । चलचित्र भेडिगोठको जिल्लामा सुटिङको लागि सोमबार एक कार्यक्रमबीच ताप्लेजुङको हिल क्विन टप होटलमा मुर्हुत भएको हो ।
भेडीगोठ चलचित्र गाउँ र शहरमा वसोवास गर्ने प्रेमीबीचको सम्वन्ध तथा धार्मिक रुपमा प्रसिद्ध पाथीभरा देवीको उत्पत्तिको विषय वस्तुमा आधारित रहेको बताइएको छ । निर्देशक सुव्वाले चलचित्रको नाम भेडीगोठ भएकाले र पाथीभरा देविको उत्पत्तित भेडा गोठालासँग सम्वन्धित भएको परम्परागत मान्यताका कारण छायाङ्कनका लागि ताप्लेजुङलाई रोजेको बताउनु भयो ।
चलचित्रको जिल्लाको पर्यटकीय क्षेत्र पाथिभरा, सुकेटार र सदरमुकामका विभिन्न स्थानमा सुटिङ गरिने छ । सो चलचित्रमा राजेश हमाल, झरना थापा, प्रभाकर श्रेष्ठ, जिया केशीलगायतका स्थानीय कलाकारले अभिनय गर्ने बताइएको छ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..