Tuesday, June 21, 2011

सृजनाका स्वरहरुमा एक नजर

                                                                         श्रीजन श्री

कृतिः सृजनाका स्वरहरु
विधाःगजल
प्रकाशन वर्षःजनाइएको छैन
प्रकाशकःउँदाउदो तारा साहित्य समाज पेनाङ्ग,मलेसिया
सँख्याः१००१ प्रति
मूल्यः रु १५०
सम्पादकः जीतमान राइ “सबिन” र अन्य
             उदाउँदो तारा साहित्य समाज पेनाङ्ग, मलेसियाद्धारा हालसालै मात्र प्रकाशित संयुक्त गजल संग्रह हो,सृजनाका स्वरहरु । जसमा ४६ जना सर्जकहरुका प्रत्येकका ५÷५ गरि जम्मा २२० र एकजना कृष्ण आलोकको सर्जकीय सहित ६ वटा र रशिक शर्मा ‘निश्चल’का ३ वटा समेत गरि जम्मा २२९ वटा गजलहरु समाविष्ट भएका छन्। देवी नेपाल र ज्ञानुवाकर पौडेल जस्ता नयाँ र पुराना पुस्ताका गजलकारहरुको भूमिका रहेको संग्रहको सम्पादन जीतमान राई ‘सविन’, गणेश महतरा हिमाली, दीप दर्शन र कृष्ण आलोक लगायत को मण्डलीले गरेको छ । १४० भन्दा बढी पूर्णकाफिया, ५० भन्दा बढी आंशिक काफिया, एउटा एकाक्षरी काफिया, ५ वटा दैध काफिया, डेढ दर्जन जति मिलित÷मिश्रित काफिया र ८÷९ वटा गजलमा काफिया विचलन रहेको संग्रहमा रदिफका हिसावले १०० भन्दा बढी पदमुलक रदिफ, १०० कै हाराहारीमा पदावलीमुलक रदिफ, र ४ वटामा वाक्यात्मक रदिफको प्रयोग गरिएको छ।
 गजलका प्रकारका दृष्टीले २२ वटा गैरमुरद्धफ र २०७ वटा मुरद्धफ गजलहरु रहेको कृतीमा विषयगत रुपमा १०५ भन्दा बढी मुसलसल र बाँकी गैरमुसलसल गजलहरु रहेका छन्। ६ देखि २४ बर्णको सम्मको आयातनका गजलहरु रहेको संग्रहमा छन्द (लय) का आधारमा हेर्दाएउटा शास्त्रिय बहर, केही सवाईछन्दहरु र अधिकतम् स्रष्टानिर्मित परम्परित तर नियमबद्ध लयको सचेत प्रयोग र केही स्वतन्त्र वा मुक्तलयको प्रयोग भएका गजलहरु छन्।
                यो समिक्षा भन्दा पनि संग्रहमा देखिएका केही मूल प्रवृतीहरु (संरचनात्मक र विषयगत) माथीको पाठकिय दृष्टीकोण हो भन्ने बुझिदिनुहुन पाठक वर्गहरुमा अनुरोध गर्दैकेही प्रवृतीहरुभित्र प्रवेश गर्नेअनुमती चाहन्छु ।

काफिया विचलनः
              काफिया गजलको टाउको हो । टाउकोविहिन शरिरको कुनै महत्व हुँदैन । टाउको नहुने÷नरहने वित्तिकै शरिरको अस्तित्व स्वतः निस्तेज÷निस्प्राण बन्न पुग्छ । त्यसैले पनि प्रायःजसो विद्धानहरुले काफिया गजलको प्राण हो भन्ने गर्दछन्। यो संग्रहमा पनि ८÷९ वटा गजलहरुमा काफिया विचलन भएको देखिन्छ । (उसो त काफिया विचलन भएका रचनाहरुलाईगजल भन्न मिल्दैन ।) यद्यपी केहीमा प्राविधिक कारण केहीमा असावधानीका कारण काफिया विचलन भएको स्पष्ट बुझ्न सकिन्छ ।

रदिफ र काफियाले बेरी लेखेँ गजल ।
नमिलेका शेरहरु कोरी लेखेँ गजल ।
                                केशब भट्टराई ‘प्रकृती’ (पेज ४९)

हिजो जता बग्थ्यो आज बग्छ खोला उतैतिर ।
हिजोका झै तिनका कुरा गए होला उतैतिर ।

जता भट्टी उतैपट्टी, गयो सवको ध्यान अचेल
पण्डित बाजे साधु सन्त, बमबम भोले उतैतिर ।
                                                 रुद्र मिश्र (पेज ९४)

केही गर आफ्नो देशलाईअब हेर नेता ।
तिम्रो कालो मनलाई सेतोमा फेर नेता ।

देशको अरु को नै छ बचाउ भन्नलाई
देशको रक्षाको व्यवस्था गर यति धेरै नेता ।
                                             तारा थापामगर (पेज ६७)

म त हजुर नेपालमै बस्नु छ ।
डाँडा–काँडा सजाउनलाईकम्मर कस्नु छ ।

न्याय दिन्छु स्वतन्त्रता दिन्छु भने नि
जनताको नया संविधान बनि घरघरमा पुग्नु छ ।

बन्द हड्ताल नगरौ अब हे सै नेपाली
दुश्मनले कति फाईदा लुटे त्यो पनि सोच्नु छ ।
                                                            रमेश राई(पेज ४१)

मुखमा रामराम बगलीमा छुरा हाल्ने निष्ठुरीले
पलपल रुवाएर छाडी यो मन ताल्ने निष्ठुरीले ।

सँगै मिली बाटो हिड्ने बटुवा र भरियालाई
शितल्छाया दिउला भन्थी वरै भुल्ने निष्ठुरीले ।
                                                    रशिक शर्मानिश्चल (पेज ४३)

सगरमाथा शोकले डुब्दा मेचीलाई दुख्नुपर्छ ।
अशान्तिको पर्दाच्याती शान्ति विगुल फुक्नुपर्छ ।

छैनन्खुशी नेपाल आमा मौलाउँदैछन् सामन्तिहरु
भावविह्वल महाकालीमा रगत बग्न सक्नुपर्छ ।
                                         थलिन्द्र भुजेल उदय (पेज २०)

                 उल्लेखित शेरहरुमध्ये केशव को बेरी काफिया सँग कोरी आएको छ । रुद्र को खोला र होला को हमकाफियाको रुपमा भोले आएको छ । तारा थापाको हेर र फेर को हमकाफियाको रुपमा धेरै आएको छ । जो काफिया विचलन को दोष अन्तर्गत पर्दछन्। तर कोरीको ठाउँमा केरी, भोले को ठाउँमा भोला, र धेरैको ठाउँमा धेर राखिएको भए काफिया विचलन दोष आउने थिएन । यो अवस्था कि त प्राविधिक कारण, कि त सर्जक र सम्पादकहरुको सामान्य असावधानीका कारण आएको देखिन्छ । तर रमेश राईको कस्नु छ÷बस्नुछ सँग पुग्नु छ र सोच्नु छ, रशिक शर्माको हाल्ने÷ताल्ने सँग भुल्ने र थलिन्द्रको दुख्नु÷फुक्नुसँग सक्नु काफियाहरु मिलाएर पनि कुनै हालतमा मिलाउन नसकिने गरि विग्रिएका छन्। हुनत रशिक र थलिन्द्र का उपर्युक्त गजलका अन्य शेरहरुमा काफिया विचलन छैन र पनि एउटै गल्तिले यि रचनाहरु गजल नभएर फजल बन्न पुगेका छन्। रशिकको ताल्ने÷हाल्ने सँग हमकाफियाको रुपमा आएको भुल्ने लाईभाल्ने बनाउँदा गजलको गति के होला ? थलिन्द्रको र रमेशको पनि त्यही हालत छ । छोटो अध्ययन, हतारमा सृजना गर्नु, अनुप्रास योजनामा ध्यान नदिनु जस्ता कारणहरुले यस्ता गल्तिहरु हुने गर्दछन्। हुनत गजलका भाव पक्ष अब्बल दर्जाका छन्। तर काफियाविहिन गजल गजल मानिदैन र अर्कोतिर रमेशको गजलमा लयभंग दोष र रशिकको गजलमा अस्पष्टता र अपुर्णदोष पनि देखिन्छ । साथै रमेश राइ (पेज ४१)को गजल नं.४,सन्तोष गैरेको (पेज नं.३० को गजल नं. ३ मा पनि काफिया विचलन दोष देखिन्छ । यो संग्रहको प्रधान कमजोरी हो र यसले संग्रहको वजन घटाएको छ ।

काफिया पुनरावृतीः
                संग्रहभित्रका केही गजलहरुमा काफिया पुनरावृती भएको देखिन्छ । एउटै गजलमा एउटै काफिया दोहोरिनु हुन्न भन्ने मान्यता विपरित आएका केही शेरहरु ः

विन्ति अब नखेलिदेउ रगतको होली देशमा
मिलेर फुलाउँ शान्तिको फूल भोली देशमा ।

मेची पनि रातै देख्छु काली पनि रातै
माटो सबै रातै भयो रगतको होली देशमा
                                               गणेश महतरा हिमाली (पेज ८)

आउनासाथ टुप्पी काटी जनै स्वाहा भयो ।
रामराम जप्दै मन्दिर कहाँ धाउनु प्रवासमा ।

सम्झिएर चाडबाड यहि बिरानो मुलुकमा
खुशियाली दशैं तिहार कहाँ धाउनु प्रवासमा ।
                                            सन्तोस गैरे (पेज ३०)

सम्पतीको कहानी यहिदेखि सुरु भयो
तिम्ले जथाभावी अन्तै चहारे पछि ।

साधन पनि असाध्यै अनियन्त्रित बन्यो
बेचूँ झै लाग्छ जीवन सुखमा हारे पछि ।
                                    थाकुहाङ्ग मेरिङ्ग (पेज ११४)

        उल्लिखित शेरहरुमध्ये गणेशको मतलामा होली÷भोली काफिया र अर्कोशेरमा पनि हमकाफियाको रुपमा मतलाको उलामा प्रयुुक्त होली शब्दकै पुनरावृती भएको छ । सन्तोसका शेरहरु गजलका तेस्रो र पाँचौ शेरहरु हुन्। जहाँ धाउनु शब्द काफियाको रुपमा दुईपल्ट आएको छ । किनकी यो गजलको मतलामा पाउनु÷लाउनु दोस्रो शेरमा गाउँनु र चौथो शेरमा छाउनु काफियाहरु राखिएका छन्। यता मेरिङ्गको गजलमा पनि हारेँ काफियाको पुनरावृती भएको छ । दोस्रो शेरकोेका चहारेको (च) बर्णलाईस्वतन्त्र छोडेर हारे लाईकाफिया मानिएको छ भने चौथो शेरमा पनि हारे बर्णगुच्छ नै काफियाका रुपमा आएको छ । यद्यपी यि दुवै शेरले अलग अलग विषय उप्काएका छन्। तर विषय फरक हुँदाहुँदै पनि शब्द वा वर्णहुबहु उही हुँदा काफिया पुनरावृती भएकै ठहरिन्छ । मेरिङ्गका गजलका अन्य शेरहरुमा तारे, मारे, सारे र गणेशको गजलमा गोली, खोली, बोली जस्ता काफियाहरु आएकाले पनि बरु यि पुनरावृती भएका शेरहरु नै नराखेको भए काफिया पुनरावृती दोष आउने थिएन । सामान्य असावधानी का कारण यि दोषहरु आएका देखिन्छन्। यिनका अतिरिक्त,सन्तोस सागरको पृष्ठ नं. ३० को गजल नं. २ को मतला र मक्तामा रात र सन्तोस कै पृष्ठ १३१ को गजल नं. ५ को पनि मतला र मक्ता मै जाल काफियाको पुनरावृती भएको देखिन्छ । यो संग्रहको अर्कोकमजोरी हो ।

काफिया रखाईनमिलेका शेरहरुः
           नेपाली भाषाको शब्दभण्डार अत्यन्त साँघुरो छ । यसै कारणले गर्दाबेलाबेलामा हामीले अन्य भाषाका शब्दहरुको सहारा लिनुपर्नेअवस्था पनि सृजना भईरहन्छ । गजलमा काफिया अनिवार्यतत्व भएकाले, अनुप्रास वा तुकबन्दि अलिकती पनि खच्पचिनु हुँदैन भन्ने मान्यता छ । यसकारण गजलकारहरु कहिलेकाँही कि त अन्य भाषाका शब्दहरुको सहारा लिन्छन्कि शब्दलाईअपभ्रंस गरेर काफियानुकुल बनाउने प्रयास गर्दछन्। संग्रहमा यिनै र यस्तै कारणहरुले गर्दाजबरजस्ती काफिया राखिएका गजलहरु पनि समाविष्ट छन्, हेरौः

आजभोली दन्द्ध झनै सल्किदैछ ।
नेताहरु कुर्सिमा नै पल्किदैछ ।
                                राजेश प्रवाह (पेज १६)

                 उल्लिखित गजलमा नेताहरु आईसकेपछि पल्किदैछ को ठाउँमा पल्किदैछन्हुनुपर्नेथियो । तर यसो गर्दाकाफिया विचलन हुने भएकाले सर्जकले पल्किदैछन्वर्णगुच्छलाईजबरजस्त रुपमा पल्किदैछ बनाएका छन्। यसर्थयहाँ बचनदोष देखिन्छ । त्यसैगरिः

देशको चिनो प्रमाणपत्र च्याती फाले सबैजना
कमाईकेही जीवन जिउने चास हजुर प्रवासको ।
                                             रशिक शर्मा“निश्चल ”(पेज ४३)

      यहाँ पनि बास, दास, पास, आस,जस्ता काफियाको हमकाफियाको रुपमा चासो बर्णगुच्छलाईजबरजस्त चास बनाईएको छ । उसो त पास काफिया पनि दोषमुक्त छैन । साथै मिसरा ए उला र सानी वीचको अन्योन्याश्रीत सम्बन्ध पनि खच्पचिएको अवस्था छ । र शेर पनि पूर्णतया अभिधात्मक छ । त्यस्तैः

तिम्रो यादमा कैयौ पल्ट मरेँ म त ।
तुफान विचको फूल जस्तै झरेँ म त ।

सँगै बाँच्ने मर्नेकसम अधुरो भो
आफ्नै जिन्दगीसँग हरेँ म त ।

जानु नै छ भन्दै आफै मलामी भै
सबयात्रा गर्दैटिलो छरेँ म त ।

दागबत्ती चाहिँन्दैन, कुहिएरै झरोस्
आशा मारी आत्महत्या गरेँ म त ।
                              रिना बम्जन (पेज ९७)

     यद्यपी गजलको मतलाखण्ड शसक्त र दोषविहिन छ । तर दोस्रो शेरमा प्रयुक्त हरेँ शब्द मतलामा प्रयुक्त मरँे÷झरेँ काफियाको हमकाफियाका रुपमा आएको हो । शेर पढ्ने वित्तिकै साधारण पाठकले नै पनि हारेँ शब्दलाईकाफिया मिलाउन कै निमित्त हरेँ पारिएको रहेछ भन्ने सहजै अनुमान लगाउन सकिने स्थिती छ यहाँ । तेस्रो शेरको छरेँ र चौथो शेरको गरेँ पनि काफिया र रदिफ मिलाउनकै निम्ति जबरजस्त राखिएका छन्। यहाँ छरेँ मैले र गरेँ मैले बनाउदा भाषिक शुद्धता हुन्छ तर यसो गर्दागजल गजलबाटै च्यूत हुने डरले सर्जकले चलाखी गर्नखोजे पनि गल्ति लुकाउन सकेका छैनन्। त्यसैगरि पुरण कटुन्जेली राईप्रेमी पेज ९७, अशोक कुमार राईप्यासी पेज नं. २७, दिलिप राई सगर पेज न. ८५ को गजल नं. २, सगर कै अर्कोगजल पेज नं. ८५ को मतलामा संसार÷अंसार र अन्यमा क्रमशः भण्डार झंकार, संस्कार आएकोले आंशिक काफिया रखाईमिलेको छैन । यता केशव भट्टराईपेज ५०, मचिन्द्र तुम्बापो पेज ६५, कुमार बुढाथोकी पेज ७९, एस.डि आचार्यशंकर पेज ८२, फेरि दिलिप राई सगर पेज ८६, रमेश घिमिरे पेज १०९, थाकुहाङ्ग मेरिङ्ग पेज ११५, यूवराज जेठा पेज ११८, लक्ष्मिहाङ्ग चेम्जोङ्ग पेज १२२, राज सहयात्री पेज १२८ लगायत का केही गजलहरुमा कतै आंशिक काफिया रखाई, कतै पुर्णकाफियाको प्रयोग, कतै रदिफ काफियाको उचित संयोजन मिलेको देखिदैन । तर

म मर्दामेरो लागी रोईदिने को होला
रोईरोईआफ्नो सिउँदो धोईदिने को होला ।
                                  अशोक कुमार “प्यासी” पेज (२६,)

भुल्नुपर्नेजिन्दगीका पाटा कतिकति
हिड्नुपर्नेजिन्दगीका बाटा कतिकति ।
                                      जीतमान राई“सविन” (पेज २,)
जस्ता गजलहरुले भने संग्रहको वजन खस्कन दिएका छैनन. ।

अपूर्णताः
           गजलका शेरहरु आफैमा स्वायत्त र पूर्णहुनुपर्दछ । एउटा शेरले उठाएको कुरालाईलम्ब्याउँदै अन्य शेरमा लगेर मात्रै पुष्टी गर्नु गजलको धर्महोईन । यसो गर्दागजलको शक्ति क्षिण हुन्छ ।

मान्छे नै हूँ मानवको नाम देउ भन्दा ।
मलाईपनि बाँच्ने सानो ठाम देउ भन्दा

कति गाली पाएँ मैले कति मुक्काहरु
बगाएको पसिनाको दाम देउ भन्दा ।
                              अर्जुन “उजाड” घिमिरे (पेज १०६),

शून्यताको क्षितिजमा हराएर अनायसै
निदरीमा आमा भन्दै कराएर अनायसै
                            राज सहयात्री (पेज १२६,)

पलाएन आशाहरु झरीसकेपछि
मझेरीमा मनको बत्ति मरिसकेपछि ।
                           जनक शाही “जिवन्त” (पेज १३४),

           माथि उल्लिखित अर्जुनको गजलको मतला , अपूर्णछ । मानवको नाम देउ भन्दा र बाँच्ने सानो ठाम देउ भन्दा के भयो त ? प्रस्ट खुलेको छैन । बरु अर्कोशेरमा पसिनाको मूल्य माग्दा गाली र मुक्का खानु पर्दाका सन्दर्भहरु उठाएर गजलको भावलाईतन्काएको छ । हुनत मतलाको उला कौतुहुल पुर्णछ तर सानीमा समापिका क्रियाको अभाव छ र दोस्रो शेरको मिसरा ए सानीमा पुग्दा मात्र गजलकारले भन्न खोजेको कुरा स्पष्ट बुझ्न सकिन्छ । यसर्थयो गजलको मतलाखण्ड पुर्णतः अपुर्ण छ । त्यसैगरि राजको मतलामा पनि अपुर्णता दोष भेटिन्छ । यहाँ पनि मतलाकोस उला, “शून्यताको क्षितिजमा हराएर अनायसै’’ कौतुहुलपुर्णछ । तर सानीले त्यो कौतुहुलतालाईउचित समापन गर्न सकेको छैन उल्टो निदरीमा आमा भन्दै कराएर अनायसै भन्दै अर्कोप्रश्न खडा गरि अन्योलता सृजना गरेको छ। यता जनकको गजलमा पनि यहि समस्याले झेलेको छ । पलाएन आशाहरु झरीसकेपछि र मझेरीमा मनको बत्ति मरिसकेपछि के भयो ? स्पष्ट छैन । यसर्थयहाँ कर्तार समापिका क्रिया छैन । र शेर अपुर्णर अस्पष्ट बन्न पुगेको छ । यहि दोष गणेश हिमाली महतरा पेज ९, कृष्ण आलोक पेज १८, र अरविन तुलाचन विस्फोट पेज १३६ मा पनि देखिन्छ । तर अधिकांस गजलमा भने यो दोष सितिमिति नभेटिनु संग्रहको उपलब्धि नै मान्नुपर्छ । हेरौ केही राम्रा शेरहरुः

औसीको त्यो रात सरी भएको त्यो अन्धकारलाई
हटाईदिने तिम्रो माया पूर्णिमाको जून हो की ?
                                            थलिन्द्र बहादुर भुजेल “उदय”( पेज २२

हर्षर उमंगको बेला पनि
आँखाभरी आँशु थियो नभन ।
                                            सन्तोस गैरे (पेज २९) ,

विविध दोषहरुः
               संग्रहमा व्याकरणिय दोषहरु पनि देखिन्छन्। कतै बचन दोष कतै अन्योन्याश्रीत दोष त कतै सम्बन्धबाचक असम्बद्धता दोष हरुले संग्रह केही कमजोर बनेको छ ।

चाहिँदैन अब मलाईहिरामोती हारहरु
दिने भए उपहारमा स्विकार गर्छु कफन कान्छी ।
                                                         जीतमान राई“सविन”( पेज २)

निरंकुश लाद्न खोज्ने दरवारका कुरा के गरुँ?
कुर्शिमोहमा ठिक्क हुने सरकारका कुरा के गरुँ?
                                                          दीप दर्शन (पेज ६ )

रगत र पसिनाको, धारो बगाईपरदेशमा
बडेमानको पहाड पनि खन्छन्किन परदेशमा ।
                                                         गणेश “हमाली” महतरा (पेज ९,)

कयौ युग वितिसक्यो, देशको व्यथा उस्तै छ ।
अव देशलाईप्रगतीतिर मोड्न पाए हुन्थ्यो ।
                                                      झुनसिंह कुँबर ,(पेज २५,)

छट्पटिन्छ मनहरु साँझ एकान्तमा
साथी भाईअनि गाउँघरको यादले डस्दा ।
                                                   रमेश रोदित लामा (पेज ३३,)

बर्षौपछि आज उनको यादहरु याद आयो
बगैंचामा चुमेका ति हातहरु याद आयो ।
                                              अरविन तुलाचन “विस्फोट”( पेज १३६)

            उल्लिखित गजलमध्ये जितमानको गजलमा हिरामोती हारहरु सँग चाँहिदैन बर्णगुच्छ अमिल्दो छ र बचनदोष उत्पन्न भएको छ । त्यसैले “चाँहिदैन अब मलाईहिरामोती हारहरु” को सट्टा “चाँहिदैनन्अब मलाईहिरामोती हारहरु” हुनुपथ्र्यो। दीप दर्शनको प्रयुक्त निरंकुश शब्दलाई“निरंकुशता” बनाउनुपर्नेदेखिन्छ भने गणेशको शेरको उलामा पसिनाको धारोलाई“पसिनाका धारा” बनाउनुपर्नेदेखिन्छ । यता झुनसिंहको उलामा “कैयौ युग वितिसक्यो देशको व्यथा उस्तै छ” लाई “कैयौ युग वितिसके देशको व्यथा उस्तै छ” बनाउँदा मात्र दोषमुक्त हुने अवस्था छ । त्यसैगरि रमेशको शेरमा प्रयुक्त छट्पटिन्छ मनहरु लाईपनि “छट्पटिन्छन्मनहरु वा छट्पटिन्छ मन मेरो” बनाउँनु पर्नेदेखिन्छ । विस्फोटको गजलमा पनि यहि समस्या छ ।

बर्षौपछि आज उनको यादहरु याद आयो
बगैँचामा चुमेका ति हाँतहरु याद आयो ।

लाईयसो गर्दामात्र उत्कृष्ट र दोषरहित शेर बन्दछ ।
बर्षौपछि आज उनका यादहरु याद आए।
बगैँचामा चुमेका ति हातहरु याद आए ।

                    यसैगरि रमेश राईपेज ४० को दोस्रो गजलको मतलामा, अल्पकालिन थमन श्रीस पेज ४६ को दोस्रो गजलको दोस्रो शेरमा, हिरा विवश “स्वप्नील” पेज ७६ को गजल नं. २ को दोस्रो र चौथो शेरमा पनि यस्तै दोषहरु देखिन्छन्। अझै हेरौः

तिम्रो बारे केही कुरा जान्न किन हुन्न हजुर
कसैका यि छड्के कुरा हान्न किन हुन्न हजुर ।

तिमीलाईत्यस्तो हुन्न भने किन आउँछ्यौ सपनीमा
हजारौमा मैले तिम्लाईछान्न किन हुन्न हजुर ।

चाहना हो मेरो केवल जवानीको दोष होईन
भिडमा तिम्रो हात समाईतान्न किन हुन्न हजुर ।
                                                         एस.डि. आचार्य“शंकर” (पेज ८३,)

                  माथिका अन्य गजलहरु “विषयबाचक, कालबाचक र कुरुपता” नामक दोषबाट ग्रस्त देखिन्छन्भने एस.डि. को गजल “सम्बन्धबाचक असम्बद्धता” नामक दोषबाट ग्रसित देखिन्छ । एउटै शेरमा तिमी÷तिम्रो जस्ता सामान्य आदरार्थी सर्वनाम सँग अत्युच्च आदरार्थी सर्वनाम हजुरको असान्दर्भिक प्रयोगले गर्दाएस.डि. को गजल नराम्रो सँग बिग्रिएको छ । यद्यपीः

जिन्दगी आफैभित्र दुखेको छ आज
प्रियसीको यादमा ज्यान सुकेको छ आज ।

हिरा विवस “स्वप्नील” (पेज, ७७)
धेरै भयो तिम्रोे यादमा हराउँन छाडीसकेँ

सपनीमा झस्किएर कराउँन छाडीसकेँ ।
कुमार बुढाथोकी “आयुस” (पेज, ७९)

टापुमाथी बाँचेको जिन्दगी भन्थ्यो ऊ
पैतालाको वरीपरि पानी नै पानी छ ।
                                           जीतमान राई“सविन”( पेज, ३)

जस्ता शेरहरुले भने संग्रहलाईउजिल्याएका छन्।

लयभङ्गः
                     गजल गेयात्मक विधा भएकोले पनि गेयात्मक हुनु अत्यन्त जरुरी छ । लयले गजलको आयूलाईपोषण गर्दछ । गजल लयात्मक बन्नका लागि यति,गति र मात्रात्मक एकरुपतामा मात्र ध्यान दिएर पुग्दैन । सरल र सरस शब्द चयनमा पनि उत्तिकै ध्यान दिनुपर्दछ । सिर्जनाका स्वरहरुमा काफिया विचलन पछिको अर्कोप्रधान दोषमा लयभङ्ग दोषलाईलिन सकिने साक्ष्यहरु धेरै छन् । यहाँ केही गजलहरु लयात्मक ज्ञानको अभाव, केही भावमा मात्र ध्यान दिनाले र केही गजलहरु सामान्य लापरवाही र असावधानीका कारण लयात्मक बन्न सकेका छैनन्।

घाँटी हेरी÷ हाड निल्ने ÷उस्को बानी छ । –१३ अक्षर
सिमित घे÷राभित्र बा÷ँच्नुपर्नेजिन्दगानी छ । –१६ अक्षर
                                                        जीतमान राई“सविन”(पेज, ३(
               यो शेरमा एउटा पक्तिमा १३ र अर्कोपक्तिमा १६ बर्णहरु आएका छन्। शेरमा अल्पविश्राम भंङ्गलाईक्षमा दिन सकिन्छ तर मध्यविश्राम भंङ्गलाईदोषरहित मान्न सकिदैन । यहाँ बर्णहरु मात्र अल्पाधिक भएनन्कि विश्राम पनि पुर्णतया भङ्ग भएकाले लयभङ्ग दोष स्पष्टसँग देख्न सकिन्छ । यसैगरि

टाढा हुन÷ खोजेपनि÷ तिमीलाईनै÷ डाकिरा’छु म
सल्कायौ म÷नमा आगो÷ भित्र भित्रै÷ पाकिरा’छु म ।
                                                        नरेन वि. मगर (पेज १२)
               यो गजलमा मात्रागत एकरुपता त छ, तर म बर्णअनावश्यक रुपमा आएकाले अनावश्यकता नामक दोष भने देखिएको छ । बरु सर्जकले म वर्णनै नराखि दिएको भए गजल सुन्दर बन्ने थियो । यति हुँदाहुँदै पनि संग्रहमा लयात्मक छटाद्धारा मञ्जुल ध्वनी गुञ्जयमान गर्न सक्ने शेरहरु हुँदै नभएका भने होईनन्। हेरौः

सुन्दर तिम्रो मुहार भित्र कालो रै’छ मन कान्छी ।
धोका दियौ किन मलाई सत्य के हो भन कान्छी ?
                                                       जीतमान राई“सविन”( पेज, २)

अधेँरी रातमा जून हौ तिमी ।
धर्तिमा अमूल्य सून हौ तिमी ।
                                              नरेन वि. मगर (पेज, १३)

सोध्यो भने खैजडु र मादलुले पनि
सम्झनाको तरेलीमा नाचेकै छ भन ।
                                          अर्जुन “उजाड” घिमिरे (पेज ,१०६)

नेतृत्वप्रति असन्तुष्टीः
                          लाचार र दम्भि नेतृत्वपक्तिकै कारण देशले आज दुर्भाग्य भोगिरहेको कुरा संग्रहले छर्लङ्ग बोलेको छ । धनि झन्झन्धनि र गरिब झन्झन्गरिब बन्दै गईरहेको वर्तमान अवस्थामा, नेताहरुका व्यक्तिगत स्वार्थ, सत्तालिप्सा, पदलोलुपता र जसरी हुन्छ कमाउँ भन्ने नीतिका शिकार पनि जनता नै भईरहेको कुरा संग्रहभित्र अभिगुञ्जित भएको छ एकातिर भने, अर्कोतिर व्यक्तिगत र दलगत स्वार्थपुर्तिकै निम्ति आफ्नै राष्ट्र बेच्न सम्म पनि पछि नपर्नेकुमानव प्रवृतीबाट राष्ट्र र राष्ट्रियता धरापमा परिरहेको विम्ब पनि ठाउँठाउँमा पाईन्छ । त्यसैले पनि हुनुपर्छ, सजर्कहरु कतै–कतै आक्रामक पनि देखिन्छन् संग्रहभित्रः

खबरदार सभासद्लाईगाउँमा आउने बाटो छैन ।
                                              एस.डि आचार्य“शंकर ”(पेज, ८२)

नेता ज्यू तिमीले जित्नु र हार्नु उस्तै उस्तै
आकाशको तारा धर्तिमा झार्नु उस्तै उस्तै ।
                                          अल्पकालिन श्रीस थमन (पेज, ४६)

भोकै छन्जनता गाँस दे ए नेता
महल हैन झुपडीको बास दे ए नेता ।
                                        यूवराज साम्पाङ्ग “जेठा”( पेज ,११९)

घुसखोरीः
                   भ्रष्टचार र घुसखोरीले देश थला परेको छ । सत्ताको बागडोर सम्हाल्नेहरु, सरकारी कर्मचारीहरु, ठेकेदारहरु, इन्जिनियर, डक्टर, एन.जि.ओ.– आई. एन. जि.ओ. जसको पनि यो (भ्रष्टचार ) पेसाजस्तै बनेको छ। तर सिर्जनाका स्वरहरुमार्फत प्रवासी गजलकारहरु यसो भन्छन्।

विभिन्न बहानामा सोझासोझा जनताबाट
असुल्ने त्यो घुसको रास त्यागी आउ विकास गरौ ।
                                                            दीप दर्शन (पेज, ७)

बेरोजगार÷श्रमः
                        देशमा रोजगारका कुनै पनि अवसरहरु नहुँदा आम यूवाहरु प्रवासमा कडा श्रम गर्नबाध्य छन्। आफ्नै पैसामा बेचिएर राष्ट्रको अर्थतन्त्र धानिरहेका यिनै यूवाहरुले प्रत्यक्ष आफ्ना भोगाईहरु बगाएका छन्कलमबाट ।

नोकरीको खोजीमा नै च्यातिएछ कोट हजुर।
                                                         नरेन वि मगर (पेज १२ )

बेचैन भो श्रम गरि खाँदा पनि
काँप्छ यो निर्दोश हात त्यसै त्यसै ।
                                                       अप्पकालिन श्रीस थमन (पेज ४६ )

फर्किआउँदैछु आमा भनेजस्तो काम छैन ।
मोति शरि बहुमुल्य पसिनाको दाम छैन ।
                                                 राज “सहयात्री” सुब्बा (पेज १२८)

प्रवासी पिडाः
                    देशको अस्थिर राजनीतिका कारण बेरोजगारीले चुली चुमेको र त्यसको चपेटामा हरेक नागरिकहरु परेको जगजाहेरै छ । घरबास मा केही गर्ननसक्ने अवस्था सृजना भएपछि बाध्यताबस प्रवासीन पुगेका ३५ प्रतिसत नागरिकहरु प्रवासमा पाईने विविध यातनाहरुबाट प्रताडित हुँदाको दुःख शब्दमा व्यक्त गर्न सकिँदैन । हर्केदाईको हात काटिएको कथा, रामकृष्णको सुतेको सुत्यै मृत्यु, कुवेतको जेलमा डोल्माको कहानी, इराकमा १२ जनाको नरसंहार, मलेसियामा .......... बोहराको दुर्घटना, साउदीमा सुन्तली बलात्कृत भएका व्यथाहरु त प्रतिनिधी घटनाहरु मात्र हुन्। पसिनाले निथु्रक्क भिजेको तिम्तिमाईलो भोटो टक्टक्याउँदै, मालिकहरुका हप्कीदप्की र यातना सहँदै कल्पनाको आकारमा उडेर हैन सत्यताको धरातलमा उभिएर अभिव्यक्त भएका प्रवासी पीडा र रोदनले भरिपुर्णयहाका गजलहरु वास्तवमै जिवन्त बनेका छन्।

किन आयौ परदेशमा दुःख पाएँ भन्न चेली ।
कुवेतको जेलमा झै अर्किडोल्मा बन्न चेली ।
                                                   अल्पकालिन श्रीस थमन (पेज ४५,)

विदेशमा नेपालीको मोल छैन हजुर
चिसिएको मुटु सेक्ने गोल छैन हजुर
                                               टंक चन्द (पेज ५२)

हातगोडा काँप्छन्प्यारी मालिक आईथर्काउँदा
नभन्नु बाआमालाईधेरै कुरा ढाँटेको छु ।
                                               एस.डि आचार्य“शंकर” (पेज ८२)

सम्झनाको सिरेटो छातीभित्र पस्दा
ठिहिन्छ मन्त्यसैत्यसै परदेश बस्दा ।
                                          रमेश रोदित लामा (पेज, ३३)

चाडपर्वः
              संस्कृतीको साईनो मुटुसँग गाँसिएको हुन्छ । मुटु भन्नु नै जिन्दगी हो र जिन्दगी भन्नु नै मुुटु हो एक अर्थमा । यसर्थपनि मान्छेको जिन्दगीबाट उसको संस्कृती निकालीदिने हो भने ऊ खोक्रो र बोक्रो बन्न पुग्दछ । प्रवासी भूमिमा पसिनाको मूल्य खोजिरहेका प्रवासी सर्जकहरु आक्देल हुँदै आफ्नो भाषा संस्कृतीलाईविविध कोण प्रतिकोणबाट सम्झन्छन्र मुटुभरी सजाउँछन्यसरी ।

दशैं आउँछ तिहार आउँछ अनि तिज पनि
माईत जाँदा एक्लो हुँदा मान्छिन्होली विरानो ।
                                                           राजेस प्रवास (पेज, १४)

चाडपर्वरितिरिवाज धेरै बर्षबाँझै रहे
फर्किआईगाउँघरमा नयाँ साईनो जोडीदेउन ।
                                                शिसम भेषराज नेपाल टु मच (पेज ८८)

कल्पनाको डाली रै’छौ लुङ्गा तरेमे ।
बोलाउँबोलाउँ लाग्यो नि हौ लुङ्गा तरेमे ।
                                               पदमदुःखी सम्बाहाम्फे (पेज, १०३)

उस्तै छन्कि बद्लीसके गाउँबेसी पाखाहरु
रोदीघर र पिरतीका मीठामीठा भाकाहरु ।
                                         सन्तोस सागर (पेज, १२९)

राष्ट्रियताः
               संग्रहभित्रका गजलकारहरु आफ्नो मुुटुभन्दा प्यारो माटो भन्दा धेरै टाढा प्रवासमा छन्यतिखेर । त्यसै पनि सर्जकहरु माटोप्रेमी हुन्छन्झन्त्यही माटोबाट टाढा रहँदा लाग्ने अत्यासले उनिहरुलाईअझ बढी चिथोर्नेगर्दछ । पलपल र निमेषनिमेषमा माटोकै कल्पनामा, मुटुभरी माटोकै गीत सजाउँदै संग्रहभित्रका अधिकांस गजलकारहरु देशप्रेममा भक्कानिएका छन्। संग्रहभित्र डुब्दै जाँदा लाग्छ कि यो संग्रह सच्चा राष्ट्रभक्तहरुको हृदयको गुञ्जन हो । संग्रहभित्रका प्रायःजसो गजलमा राष्ट्रभक्ति अभिगुञ्जीत भएकाले मात्र होईन,स्वयम्गजलकारहरु राष्ट्रप्रतिको आदरभावले नतमस्तक र राष्ट्रियताप्रतिको चिन्ताले भावविभोर भएकाले पनि यसो भन्न बल पु¥याउँछ ।

जुन देशमा जन्मे त्यही देशमा बाँच्नुपरोस्।
मर्नु परे देशका लागी हाँसी हाँसी मर्नपाउँ ।
                                                       झुनसिंह कुँवर (पेज ,२५)

मातमा हिमाल पदमा चिमाल फुल्नुपर्छ मेरो देशमा
डाँफे मुनाल मयुर नाच्दै खुल्नुपर्छ मेरो देशमा ।
                                                       विष्णु सापकोटो “शिशिर” (पेज, ६०)

आफ्नै मुटुभन्दा प्यारो देश लाग्छ मलाई
स्वर्गभन्दा यहि माटो बेश लाग्छ मलाई।
                                                   टुकेन्द्र पौरखी (पेज, ७१)

यो पहाड यो तराईयो हिमाल हो हाम्रै ।
यो संघिय गणतन्त्र नयाँ नेपाल हो हाम्रै ।
                                             दिलिप राई“सगर ” (पेज, ८४)

दिनरातको सम्झना देशलाई
दिँदैछु मेरो सिर्जना देशलार्ई।
                                            रुद्र मिश्र (पेज ,९३)

सिमानाः
            टिष्टा र काँगडा एकादेशको कथा बनेको छ । हाम्रो सरकारको लाचारीका कारण सुस्ता र कालापानीमा पनि हात धुँदैछौ हामी । जंगे पिल्लर रोईरहेका छन्, हाम्रो चुलोमा पराईको भात पाक्दैछ, गोठमा पराईका गाईवस्तु सारिदैछन्, आँगनमा पराईले अड्डा जमाउँदैछ र हामी हाम्रै घरभित्र विराना बन्दैछौ । यहि अवस्था रहिरह्यो भने कुनै दिन नेपाल पनि एकादेशको कथा बन्न के बेर ? यस्तै यस्तै भाव र सत्यताको खोजि गरिरहेका गजलले संग्रहलाईउच्च तुल्याएका छन्। बुद्ध भारत र सगरमाथा चिनको हो भन्ने हल्लाले हाम्रो राष्ट्रियतामा ठाडो हस्तक्षेप भएको धारणा होस्वा कालापत्थर मा गएर सल्किने नेपाली मन होस्, संग्रह सिमासमस्याको समाधान खोजिनुपर्छ भन्दै चन्द्रसूर्यअंकित झण्डा बोकेर आन्दोलनमा होमिएको छ ।

सगरमाथा चिनको भयो, बुद्ध जन्मे भारतमा
थियो यात्रा गन्तव्यहिन बाटो मिचिएछ ।
                                           केशव भट्टराई“प्रकृतीप्रेमी” (पेज ,४९)

भारतले लुटीरा’छ सिमानाका भुभागहरु
                                           सन्तोस गैरे (पेज, ३१)

लेकाली पवन सैलुङ्ग सुसेली भञ्ज्याङ्गमा रमाउने
दशगजा अनि कालापत्थर मा गएर सल्किन्छ मन्।
                                        रमेश रोदित लामा (पेज, ३२)

निरासा÷छटपटी÷वियोगः
            मान्छेले जिन्दगीमा असंख्य सपनाहरु संगालेको हुन्छ। भलै कसैका ठूला कसैका साना होलान्, जसका जे जस्ता सपना भए पनि सपना साच्चिकै स्वर्णिम हुन्छन्किन्तु जब मान्छे त्यो स्वर्णिम स्वप्नलोक बाट झल्यास्स ब्युझन्छ विपना उसको ठिक विपरार्थीधुब्रबाट गिज्याईरहेको हुन्छ र ऊ, निरास वन्न पुग्छ । सिर्जनाका स्वरहरुमा पनि विविध प्रकारका सपनाबाट टुक्रिएका मनहरु छन्। त्यसमा पनि आफ्नै मनबाट टाढिनु÷छुट्टिनु पर्दाका व्यथाहरु मज्जैले पोखिएका छन्।

जिन्दगी छ एक्लोपनमा मिलन खोजु कतातिर ।
लाग्छ मनमा विछोड हैन मिलनकै छाप होला ।
                                         राजेश प्रवाह (पेज, १५)

बाँचुन्जेल नभेट्ने कसम खाईगयौ तिमी
मेरो लास चितामा चढेपछि डोली चढ्नु ।
                                     कुमार बुढाथोकी “आयूस” (पेज, ७९)

सधै हिड्ने गोरेटोमा ठेस लागी लड्दा रोएँ
बिछोडले भरिएको पत्र उनको पढ्दा रोएँ ।

अरविन तुलाचन “विस्फोट” (पेज ,१३५)
आशा गर्दानिराशा यो भागमा परेछ ।
साथै होला भन्थे मन बसाँई सरेछ ।
                                            रमेश घिमिरे (पेज, १०८)

सुराः
      संग्रह कतैकतै नसामा झुम्मिएको छ । गजलको स्थापनाकालदेखि नै प्रसय पाउँदै आईरहेको सुरालाई संग्रहभित्रका गजलकारहरुले मन भुलाउनकै निम्ति भएपनि छचल्काएकै छन्गिलासभरी । यसरी गिलासभरी छचल्किएका प्यालाहरुसँगै लठ्ठिएका केहि शेरहरुले संग्रहलाईनै लठ्याउन सक्ने सामथ्र्यबोकेका छन्।

पीडा अन्तरालमा बढ्दा निदाउन कहाँ सक्छु ।
प्याला पोखेर पेटमा पिर घटाएँ कति कति ।
                                     टुकेन्द्र पौरखी (पेज ,७१)

हरसाँझ पिउ लाग्छ अलिकति नशा
खाएपछि मात नखाएकै राम्रो ।
                                    अर्जुन “उजाड ”घिमिरे (पेज, १०५)

आशक्तीः
             श्रृगार रससँग गजलको मष्तिस्क नै जोडिएको छ अद्यपर्यन्त पनि । जुनसुकै भाषाका गजलहरुमा पनि यो महत्वपूर्णपाटोका रुपमा जिवन्त नै छ । हुनत आजको गजल जीवन र जगतका हरेक सन्दर्भहरु बक्त्याउँछ र पनि यसले श्रृगारलाईचाहेर पनि लत्याउन सक्दैन । यहाँ पनि यस्तै भएको छ ।

एकान्तमा मीठो धुन बनि आयौ ।
अधेँरीमा तिमी जून बनि आयौ ।
                                      रमेश रोदित लामा (पेज ,३३)

द्धार खोल तिम्रो मनको आउँन म सकुँ
मेरोजस्तो चोखो माया लाउन म सकुँ ।
                                     मौलश्री लिम्बु (पेज, ७२)

भावनामा डुल्ने मनलाईडुल्न देउ न विन्ति ।
तिमीसँग खुल्ने मनलाईखुल्न देउन विन्ति ।
                                     दिपेन्द्र शर्मा“दीप” (पेज, १००)

मुसुमुसु हाँसीदिँदा पूर्णिमाको जून लाग्यो
समिपमा आईबोल्दा सितारको धुन लाग्यो ।
                                 राज सहयात्री सुब्बा (पेज, १२८)

अश्लिाशक्तीः
                 श्रृगारिकताका नाममा यौनाङ्गको नांगो बर्णन र तत्सम्बन्धि क्रियाकलापको व्याख्या गर्नु गजल त के साहित्यका कुनैपनि विधामा सुहाउँदैन । तर यहाँ रात काट्ने कुराहरु, ओछ्यान तताउने कुराहरु, गाला चाट्ने कुराहरु गजलको नियम विपरित आएका छन्। जो गजलको धर्महोईन । हो साहित्यले हरेक कुरा बोल्नुपर्छ, यसको अर्थबीच बजारमा निर्वस्त्र भएर हिड्नुपर्छ भन्ने त होईन नि ? कम्तिमा समाजले पचाउन सक्ने बर्णगुच्छहरुको गठजोडमा सर्जक सचेत हुनै पर्छ । आफ्नी प्रेमिकालाईआफ्नो प्राणभन्दा बढी माया गर्नेर प्रेमिकाका हरेक चिजहरु आफूलाईमनपर्नेजस्ता अभिव्यक्ती दिँदा, प्रेमिकाको सिँगान÷थुक पनि आफूलाईमनपर्नेर प्रेमले गर्दाचाट्ने गरेको जस्ता कुराहरु पनि श्रृगारिकता भित्र पर्लान्र ? अझ यसो भनौ आफूले लेखेको गजल वा संग्रहहरु आफ्ना छोरीचेलीहरुबाट लुकाउँदै हिड्नुपर्नेखालका रचनाहरु नलेख्दा हुँदैन र ? यस्ता रचनाहरुले ताली त पाउलान्तर तालीसँगै स्वयम् सर्जक र गजल विधामाथि नै पनि प्रश्नचिन्ह खडा हुन्छ । हुनत हिजोको नजिर दिईएला किन्तु हिजो हाम्रा पुर्खाहरु बाँदर थिए भनेर हामीले पनि पुच्छर जोड्नु त भएन नि !

सिंगो रात तिमीसँगै काट्न पाए हुन्थ्यो ।
आँखा छलि दुनियाँलाईढाट्न पाए हुन्थ्यो ।

साँझ किन पर्नुप¥यो जवानीमा
अरु केहि छैन यौवन साट्नपाए हुन्थ्यो ।

भोक निद्रा हराकी’छु मैले आजभोली
यस्तो लाग्छ तिम्रै रुप चाट्न पाए हुन्थ्यो ।
                                 अर्जुन “उजाड” घिमिरे (पेज, १०७)

जवानीको रन्कोमा लप्पनछप्पन भयो
यौवन पोखे के भो सुहागरात ठुलीकै ।
                                    गनिन्द्र “विवस” सुब्बा (पेज, ११३)

जोस जाँगरमा चहलपहल सधै एकान्तमा
एकैछिनमा गलाईदिने रित कस्तो हजुर ।

दिनभरको लखतरान रातको निदबीच
जोडले आफै हल्लाईदिने रित कस्तो हजुर ।
                                    यूवराज साम्पाङ्ग “जेठा” (पेज, ११८)

चिसाचिसा रात मेरा तताउने निष्ठुरीलाई
सपनीमा ऐठन बनि सताउने निष्ठुरीलाई।
                                  राज “सहयात्री” सुब्बा (पेज ,१२७)
             उल्लिखित शेरहरुमा अश्लिलता प्रचुर मात्रामा व्यक्त भएको छ र झन राजको शेर त अपूर्णनामक दोषबाट समेत ग्रसित देखिन्छ । हामीले बुझ्नुपर्नेके हो भने घुम्टोभित्रकी दुलहीको बिशेष अर्थहुन्छ । गजलमा पनि घुम्टो हुनै पर्छ ।

शान्तिः
बमबारुद का धुवाहरु अझै कतै बाँकी नै छन्
निर्मूल पार्नुपर्छ पड्किने ति गोली देशमा ।
                          गणेश महतरा हिमाली (पेज, ८)

कति गर्नु लडाईझगडा, आफ्नै दाजुभाई
मनको मैलो फाली अब बसौ एकै ठाम दाजु ।
                           झुनसिंह कुँबर (पेज, २४)

            शान्तिको कामना गरिएका उल्लिखित शेरहरुमा अझै पनि नेपाली समाजमा युद्धका धङ्धङीहरु बाँकी रहेको र अब मनका मैलाहरु पखालेर स्वच्छ, शान्त र निर्मल समाजको निर्माण गर्नुपर्छ भन्ने अभिव्यक्ती अभिव्यक्त भएको छ । जसले संग्रहको आनन चम्काएका छन्।

अभिदात्मकः
           सोझो भनाईलाईगजल मानिदैन । गजलको प्रत्येक बर्णर शब्दशब्दको विशेष महत्व हुने गर्छ । सुक्ती, उक्ती र अलंकार गजलको शक्ति हो । सोझो भनाईरैखिकता मात्र हो, साहित्य होईन । संग्रहमा अभिदात्मक गजलहरुको आधिक्यता छ । जसले संग्रलाईकेही कमजोर तुल्याएका छन्।

किन जसले धोका दियो जसले सतायो ।
तिम्रो माया मेरो मनमा छाउँछ अझै ।
                                 तारा थापामगर (पेज, ६८)
यो शेर अभिदात्मक त भयो भयो, शब्द संयोजन र रखाईपनि मिलेन । कम्तिमा यस्तो हुनुपथ्र्योः

किन जसले धोका दियो जसले सतायो ।
उसकै माया मेरो मनमा छाउँछ सधै ।

त्यसैगरिः
यसैमा चित्त बुझाउनु छ
बद्मास ले कुट्ने बेला भो ।
                              थाकुहाङ्ग मेरिङ्ग (पेज, ११६)

यो शेरमा बद्मासले कुट्ने बेला भो र यसैमा चित्त बुझाउनु पर्लाभन्ने अभिव्यक्ती मुखरित भएको छ । बद्मासले कुट्ने बेला भो भनेर चित्त बुझाउन सकिदै सकिदैन । बरु त्यहा त प्रतिरोधका निम्ति खडा पो हुनुपर्छ । यसर्थयो शेर सोझो हुनुका र साथै उला र सानी बीचको अन्योन्याश्रीत सम्बन्ध पनि खच्पचिनाले गजलको कोटीमा पर्नबाट समेत वञ्चित भएको अवस्था छ । त्यसैगरि,

एकोहोरो भएर खै के सोचेँ सोचेँ मैले
भात भरि नाथे झिङ्गा भन्किएको पत्तै भएन ।

यो शेरको उला राम्रो र कौतुहुलपूर्णछ । तर सानी साह«ै अभिदात्मक भयो । उलाले अब केही न केही हुन्छ भनेर कौतुहुलता त जन्मायो तर सानी अझ ससक्त, ओजनदार एवंचमत्कारिक हुनुपर्नेमा उल्टो भात भरि नाथे झिङ्गा भन्किएको पत्तै भएन भनेर प्रस्तुत भईदिँदा शेर खेलौना मात्र बन्न पुगेको छ । यो सव काफिया मिलाउन का लागि मात्र गरिएको हो भन्ने प्रष्ट देखिन्छ । यसैगरि मचिन्द्र तुम्बापो पेज नं. ६५, तारा थापामगर पेज ६७, थाकुहाङ्ग मेरिङ्ग पेज ११४, लगायत का अन्य गजलहरुमा पनि यो दोष भेटिन्छ ।

बित्ता बित्ता गरि मेरो सबै चर्चाबुझी
धनको थिएँ खोक्रो मनको थिएँ तन हजुर ।
                                      तारा थापा मगर (पेज, ६६)

यो शेरमा न विचारको सार्थक उठान र बैठान भएको छ न मिसराहरु बीचको सम्बन्ध कायम छ, न रदिफ र काफियाबीचको तादात्म्य मिलेको छ । यहाँ त मनको थिएँ तन हजुर भनेर केवल शब्दको थुप्रो लगाउने प्रयास मात्र गरिएको छ । केवल रदिफ र काफियालाईमात्र ध्यान दिईएको यो शेरलाईअभिदात्मक शेर भनेर स्पष्टसँग भन्न सकिन्छ ।

तखल्लुसः
               गजलमा तखल्लुस द्धैधअर्थीवा बहुअर्थीभएमात्र तखल्लुसको सार्थकता झल्कन्छ । केवल कवि वा गजलकारको नाम वा उपनामलाईमात्र संकेत गरिएको तखल्लुस बर्जित हुन्छ गजलमा । यद्यपी यो संग्रहमा केहीले नजानेर÷नबुझेर र केहीले आफ्नो नाम उपनाम जोड्ने रहरले मात्र र केहिले साँच्चिकै सार्थक तखल्लुसहरुको प्रयोग गरेका उदाहरणहरु प्रशस्त छन्।

क) असार्थक तखल्लुसः
सक्नुहुन्छ भने माफ गर्नुस उदयलाई
अन्जान त्यो मुटुलाईदुखाउन खोजेँ ।
                             थलिन्द्र बहादुर भुजेल “उदय” (पेज ,२०)

उदयकै पेज २० मा पनि तखल्लुस असान्दर्भिक देखिन्छ ।
चित्कारमा अन्र्तध्वानी सुनिदिने नभए’सि
गहभरी प्यासीको तस्वीरमा मोही दिने को होला ?
                             अशोक कुमार “प्यासी” (पेज, २६)

टुकेन्द्रले बोल्ने शब्द तिम्रा लागि अपच भयो
सासु मा’को मीठो मीठो बोलीमा कि गगन्मा छौ त ?
                               टुकेन्द्र पौरखी (पेज ,७०)

तिमी आगो भए म पानी भन्थी निष्ठुरीले
जेठा जि लाईगलाईदिने रित कस्तो हजुर ।
                             यूवराज साम्पाङ्ग “जेठा” (पेज, ११८)

यसैगरि लक्ष्मिहाङ्ग चेम्जोङ्गको पेज १२० मा पनि असार्थक तखल्लुस आएको देखिन्छ ।

ख) सार्थक तखल्लुसः

तिमी सँग खेल्दा के भयो
लुटेर सन्तोस लियो नभन ।
                         “सन्तोस” गैरे (पेज, २९)

चाँहिदैन रक्तसंसार तिमी भए हुन्छ भन्दै
निश्चल पाईला गलत्याईकुमा चाल्ने निष्ठुरीले ।
                          रशिक शर्मा“निश्चल ” (पेज, ४२)

फर्किएर आउँछ पक्कै तिम्रो मनको राजा
दुःखी लाई सम्झी मन नभाँच है लाटी ।
                        पदम “दुःखी” सम्बाहाम्फे (पेज, १०३)
यसैगरि दीप दर्शन पेज ७, श्यामु गुञ्जन पेज ५८, शिशिर सापकोटो पेज ६१, दिलिप राई“सगर” पृष्ठ ८५, पदम “दुःखी” सम्बाहाम्फे पेज १०२, राज सहयात्री पेज १२७ र १२८, अरविन तुलाचन “विस्फोट” पेज १३६ र १३७ मा पनि सार्थक तखल्लुसको प्रयोग गरिएको छ ।

संग्रहमा एक दुईठाउँमा उखानटुक्काहरुको पनि सार्थक प्रयोग गरिएको छ हेरौः

चोट दिने खुकुरीलाईथाहा हुन्न दर्दकति
प्रहार खप्छ सधैभरि उहि निमुखो अचानो ।
                                    राजेश प्रवाह (पेज, १४)

भावः
              “भाव विहिन गजल पानी विहिन खोला जस्तै हुन्छ” गजलमा ।रदिफ र काफिया लगायतका अत्यावश्यक रुपगत तत्वहरु र आन्तरिक तत्व मध्येको लयात्मकता हुदैमा मात्र गजल ‘गजल’ बन्दैन ।गजलको महत्वपूर्णतत्व मध्येको “भाव” वा भन्न खोजिएको मुख्य कथ्य वा विचारको पनि सहि ढंगले समायोजन भएको हुनु पर्दछ। भाव गजलको प्रधान शक्ति हो। यसले नै गजल लाइ सामथ्र्यवान बनाउछ। यो संग्रह भित्रका गजलहरुमा कतै भाव खच्बचिएर गजल अभिदात्मक र यान्त्रिक बनेका छन्भने कतै कुशल एवंचमत्कारिक भाव संयोजनले गर्दागजल हृदय छुने खालका बनेका छन्।

मीठो माया छातीभरी साँचेकै छ भन
परदेशमा आजसम्म बाँचेकै छ भन ।
                                 अर्जुन “उजाड” घिमिरे (पेज, १०६)

आकासको तारा गनि जिउन सिक्नुपर्छ
आँसु पनि कहिलेकाँही पिउन सिक्नुपर्छ ।
                               रमेश घिमिरे (पेज, ११०)

ढिडो गुन्द्रुक दाल भात नेपालीको खाना
चौरासी प्रकारको व्यञ्जनमा दाँज्नुपर्छ साथी ।
                                 पुरण कटुञ्जेली राई“प्रेमी” (पेज, १२५)

संग्रहको अन्तिम पृष्ठमा विनोद कार्कीआँसु को गजलमा हुसने ए मतला पनि आएको छ ।

        अचेल नेपाली गजलमा एउटै रदिफ काफियामा लेखिएका गजलहरुको नगन्य उपस्थिती छ । यसो हुँदा सामान्य भाव वा विचार मिल्नु पनि स्वाभाविक हो । तर कुनै कार्यक्रममा सुनेका वा कतै पढेका गजलका रदिफ काफियाको प्रतिविम्ब उतार्दैगजलकार बन्न खोज्ने प्रवृति भने सर्जककै निम्ति अभिषाप हुन्छ । र पनि यो रोग हैजा सरी फैलीरहेको छ ।यो सँग्रहमा पनि एउटा यस्तै प्रवृतिको गजल समाविष्ट छ, रीना वम्जन पेज ९८ को यो गजल अरु भन्दा अघि लेखिएको वा छापिएको वा सङ्गीत भरिएको पनि हुन सक्छ ।अरु यो गजल बाट प्रभावित भए वा रीना यसबाट प्रभावित भइन्त्यो उत्तर म सँग छैन,किन्तु कुनै न कुनै बाट गल्ति भएकै हो ।यस कुराको चासो सम्बधित निकायलाइ हुनु पर्छ र गजललाइ माया गर्नेहरुले पनि मूल सर्जक माथि भएको अन्यायको बारेमा आँखा चिम्लन मिल्दैन ।र तीनै जना सर्जकहरुले आ–आफ्ना नजीर पनि पेश गर्नैपर्छ ।हेरौ ः

चुरापोते सारी अनि चोली लिइ आउछु ।
म घोडामा तिमीलाइ डोली लिइ आउछु ।
रचना ः–दलविर सिह बराइली“घायल”
स्वर ः–आनन्द कार्की

तिमै्र निम्ति मखमली चोली लिइ आउला ।
केही बर्षपर्खअझै डोली लिइ आउला ।
रचना...........................
स्वर ः–सिव परियार

केही बर्षपर्खतिमी डोली लिइ आउला भन्थ्यौ ।
चुरापोते रातो सारी चोली लिइ आउला भन्थ्यौ ।
                                                   रीना वम्जन (पेज,९८)

यी तीनै गजलहरुका अन्य शेरहरु पनि मिल्दा जुल्दा देखिन्छन्।

केही राम्रा शेरहरुः–
           “सृजनाका स्वरहरु”प्रवासको प्रतिनिधि गजल सँग्रह बनेको छ । सँग्रहमा दोषहरु मात्र छैनन्, निक्कै तिख्खर र निख्खर गजलहरु पनि छन्।सुक्ती÷उक्तीको नजीक रहेका केही गजलहरुले सँग्रहलाइ पढूँ पढूँ लाग्ने बनाएका छन्।

गङ्गालाइ पनि फोहोर, नाली देख्छन्नालीहरु ।
सबैलाइ आफूजस्तै , जाली देख्छन्जालीहरु ।
                                 श्रीजन श्री (पेज,३६)

रमाउछौ भने यदि गजलको दुनियामा,
गाउन सक्छौ बजाउला बासुरीको धुन अब ।
                               डेनी गुरुङ्ग “अस्वीकृत”(पेज, ५५)

हाँस्छु म सानले सानले जीवन जिउदै छु
मेरो हासो खुसी अनि रवाफ तिमी हौ ।
                               टुकेन्द्र पौरखी (पेज,६९)

उडी चन्द्र छुने रहर हुदाहुदै मनमा
अन्योलमा परीगए इच्छाका फूलहरु ।
                                  दिपेन्द्र शर्मा“दीप”(पेज ,१००)

कहिले सम्म मेरो नेपाल यसरी नै बन्द हुन्छ
जिन्दाबाद र मुर्दाबादको घिन लाग्दो गन्ध हुन्छ।
                                    मचिन्द्र तुम्बापो (पेज ,६३)

उपसँहारः
                देवी नेपालले भूमिकामा बोलेकाछन्कि “विधागत शिद्दान्त र सँरचनागत सचेतताले सँग्रह भरिएको छ ।”यद्यपि केही काफिया विचलन भएका गजलहरुलले त्यो भनाइलाइ बल पु¥याउदैनन्। र पनि सँग्रह आफैमा नराम्रै चाँहि छैन । विषयगत व्यापकता हेर्नेहो भने मानविय मूल्यविघटन,मानवता,आम मान्छेका पीडा,छट्पटी,निरासा,वेदना,असन्तुष्टि र वाध्यता,युद्ध आतङ्क प्रति पूर्णअसहमति,नारीवादिता,शान्तिको तिब्र चाहना,सुरापान,परिवेश चित्रण,राजनैतिक विकृति विसङ्गती प्रति वितृष्णा र मोहभङ्ग,व्यग्यमयता,देशप्रेम,राष्ट्रियता प्रतिको चिन्ता,सीमा समस्या,अकानुनिय प्रवृतिप्रति खेद,विसमताको विरोध,जातिय समानताको वकालत,अध्यात्मवाद प्रतिको आस्था÷निआस्था,आशक्तीका सँयोग र वियोग र यौनाशक्ती अनि स्वासत प्रेमको रङ्ग भरिएका,जीवनवोध,प्रकृति चित्रण,माक्र्सवादी चिन्तन र प्रगतिवादी स्वर,सामाजिक अन्तर्विरोधको अन्त्यहोस भन्ने चाहना,लोकतन्त्र प्रतिको चिन्ता र शहिदहरु प्रतिको आदरभावयुक्त गजलहरु समिटिएका छन्। विषयगत व्यापकता र भावगत सुगठनताले गर्दा सँग्रह गहन बनेको छ । प्रवासको गजलकारिता खोज्नेहरुलाइ त यो कृति उपयोगि शिद्ध हुने नै छ एकातिर भने,अर्कोतिर प्रायःजसो भर्खरै गजल लेखनको श्रीगणेश गरेका सर्जकहरुको भावगत र विषयगत व्यापकता र उचाइले समेत पाठकहरुलाइ लोभ्याउने निश्चित छ ।
                                                              श्रीजन श्री

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..