Wednesday, September 1, 2010

रातको त के कुरा भो

चिहाउदै भित्रिने यो रातको त के कुरा भो
रातसंगै बहकिने यो बातको त के कुरा भो

भाव नै मिठो हुन्छ कसम रातका ति बातहरुमा
त्यही रातमा बात छोड्ने जातको त के कुरा भो

जब रात बन्छ यहाँ मौका छोप्छन् रहरहरु
त्यही रहरमा बेहोसिने मातको त के कुरा भो

अनेक आउछन् रातसंगै मनको नाता कसी लाउन
राती जुट्छ बिहान टुट्छ साथको त के कुरा भो

दाउपेचमा पार्नेलाई यहि रात काफी कसम
अस्तित्वमा बलत्कार भातको त के कुरा भो

झुक्याएर कहिंकतै हिजोआज रातले हजुर
फुल अनि जुन दिन्छ पातको त के कुरा भो

कल्पना पुन बिहानी
सितापुर–३ जलनबस्ती बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..