Tuesday, September 7, 2010

काग जस्तै भयौं

कुहिरो भित्र हराएको काग जस्तै भयौं
परेवाको आश थियो बाघ जस्तै भयौं ।

कोरा गफको आर्दशले मख्ख पार्नु पा¥यौ
जिवन भर नमेटिने दाग जस्तै भयौं

निकै सान्दार मौलिकताको धुन बज्छ भन्यौ
हालीमुहाल विदेशीकै राग जस्तै भयौं

सगरमाथाको काखबाट बुद्ध जन्माउने देश
हत्या, हिंसा भ्रष्टाचारले खाग जस्तै भयौं ।

नरेन्द्र कार्की सुजन
सुकादिक ८ मुगु

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..