Wednesday, September 8, 2010

जिन्दगानी

आँखा विनाको नानी भयो जिन्दगानी
घाम अनि पानी भयो जिन्दगानी

धेरै रहे हाँसो खुसी देखि टाढा
अनौठो कहानी भयो जिन्दगानी

एकातिर रात अर्कोतिर उराठ
थोरै आनाकानी भयो जिन्दगानी

नयनभित्र सजाउने महामहिमको
रस विनाको रानी भयो जिन्दगानी

भौतिक मल्ल जंगली गाँउले गोठालो
ढिमे १ दम्दाला जाजरकोट

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..