Thursday, September 9, 2010

बोलीदेउन सानु

तिम्रो मनको सबै कुरा खोलीदेउन सानु
धेरै शब्द खर्चिसके बोलीदेउन सानु

प्रतिक्षामा सतिसाल भएर बस्नेछु
एकैछिन भावनामा घोलीदेउन सानु

आगोसंग रमेकोछु मायाको प्रतिक्षामा
भिख माग्दै आउँछु बरु झोलीदेउन सानु

फुलेकी छौ निस्फीक्री सुगन्धित फुलबारीमा
मेरो मनको स्पन्दनमा फुलिदेउन सानु

पत्रका खातहरु धेरै कोरे खस्तावेजझै
स्विकार्य छैन भने पोलीदेउन सानु

मौसमजी भण्डारी क्यानभास
सुर्खेत

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..