Friday, September 10, 2010

सतिसाल नसम्झेउ तिमि

सतिसाल नसम्झेउ तिमि एकदिन सबै ढल्नु पर्छ
कोही समाधिमा त कोही चितामा जल्नु पर्छ

जिवन पथमा यो भौतिक शरिर ठाडो पार्न
हात खुट्टा संगसंगै मस्तिष्क पनि चल्नु पर्छ

हिजो आज मानिस किन झन ढोङ्गी बन्दै छन् हँ
ज्ञानको तापले सबैको कुवचा् गल्नु पर्छ

समस्या संग डराउन हैन विजय प्राप्त गर्नलाई
ढोङ्गी, लाभी र धनको भोगीलाई जनताले छल्नु पर्छ
कृष्ण गिरी मधुवन
कम्दी ९ बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..