Thursday, October 20, 2011

गलकोटमा संरक्षण कविता आन्दोलन

पोखरा÷असोज ३०   संरक्षण नै जीवन हो, जीवन नै संरक्षण हो भन्ने मुलदर्शन बोकी वि. स. २०५५ सालमा मुस्ताङ जिल्लाको रानीपौवाबाट पाँच सुत्रिय घोषणापत्र जारी गरी आरम्भ भएको नेपाली साहित्यको आन्दोलन संरक्षण कविता आन्दोलनको ५४ औं कार्यक्रम शनिवार बाग्लुङको  गलकोटमा सम्पन्न भएको छ ।
        देशका गाँउहरुका सामुहिक रुपले यात्रा गरी स्थानिय विषय र विम्बहरु  टीपि तत्स्थानिय रुपमा कविता सिर्जना र कविता गोष्ठीको नविनतम विषेषता बोकेको यस आन्दोलनका कविहरु शुक्रबार नै गलकोट पुगेका थिए । उनीहरुले ऐतिहासिक महत्व बोकेका हटिया बजार र हरिचौरस्थित गलकोटे राजाको दरवार क्षेत्रको भ्रमण गरेका थिए । गलकोट सुचना तथा सहकारी संस्थाको सह आयोजनामा शिवालय परिसरमा सञ्चालित आन्दोलन कविता गोष्ठीको गलकोट एफ एम १०२.४ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरेको थियो ।
          गलकोट सुचना तथा सहकारी संस्थाका उपाध्यक्ष गुमानसिंह बुढाथोकीको सभापतित्वमा आयोजित कार्यक्रममा उक्त संस्थाका सह सचिव दिलबहादुर बोहोराले स्वागत गरेका थिए । आन्दोलनका संयोजक साहित्यकार सरुभक्तले आन्दोलनको औचित्य र इतिहासमाथि प्रकाश पारेपछि उनीलगायत आन्दोलनका अन्य कविहरु इन्दकुमार विकल्प, सरस्वती श्रेष्ठ सरु, नवराज अधिकारी, सुरेश रानाभाट, रमा प्राशर, अल्पज्ञानी, डीआर शर्मा, फडिन्द्र अकिञ्चन, आर के अदिप्त गिरी, शुशिल अनुरागीले आ–आफ्ना कविता बाचन गरेका थिए ।
उनीहरुलाई स्थानिय कविहरु कृष्ण कडेल समिप, कृष्णप्रसाद गौतम, सुनिल बोहोरा, रोशन शर्मा चापागाई, तिलक उप्रति उदय, र डा. दिनबहादुर थापाले साथ दिएका थिए । कार्यक्रमको अन्त्यमा साहित्यकार सरुभक्तले संरक्षण कविता आन्दोलनलाई व्यापक र प्रभावकारी बनाउन पर्वत साहित्य संगमले संरक्षण कविता आन्दोलन धौलागिरी अभियान सञ्चालन गरेकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रमको स्थानिय संयोजनमा बगलुङ बहुमुखी क्याम्पसका निमिक्त क्याम्पस प्रमुख डा. दिनबहादुर थापा, कार्यक्रममा यातायात र बसोवासको प्रवन्धमा सहयोग गरेकोमा पोखरा उद्योग वाणिज्य संघ, बागलुङ उद्योग बाणिज्य संघ, बागलुङ बहुमुखी क्याम्पस र गलकोट सुचना तथा सञ्चार सहकारी संस्थालाई उनले धन्यवाद प्रकट गरेका थिए । साहित्यकार आर के अदिप्त गिरीले सञ्चालन गरको कार्यक्रममा आन्दोलनकारी कविका केही कृतिहरु सह आयोजक संस्थालाई हस्तान्तरण गरिएको थियो ।

1 comment:

  1. The King Casino - Atlantic City, NJ | Jancasino
    Come on in https://jancasino.com/review/merit-casino/ the King Casino ventureberg.com/ for fun, no wagering requirements, delicious dining, and enjoyable casino gaming all at the https://vannienailor4166blog.blogspot.com/ heart filmfileeurope.com of 출장마사지 Atlantic City.

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..