Friday, October 21, 2011

टिका माला अर्को साल लाई _ गजल

रामकृष्ण "अनयास"
संप्तरंगि टिका माला अर्को साल लाई राख बैनि
आउदो भाईटिकामा मलाई,अल्लिछिट्टै डाक बैनि ।

सबको निधार भाईटिकाले सजिएर हिड्दा खेरि
तिमि दाई को आयु बडोस्, भन्दै देबि भाक बैनि ।

नजाउँ त बल्दैन खैं चिसो हुन्छ घरको चुलो
कमाएर आउदा तिहार खाउला मिठो छाक बैनि ।

जसो तसो पालो पैँचो,गरि सास त राखेकै थे
ओत बस्ने घर मात्र चहिदो रै छ गास बैनि ।
पिर नगर अर्को पटक कसो भेट नहोला र
छिट्टै आउछु के बस्थे र बिदेशिको दास बैनि ।
    भरतपुर - 13, चितवन

1 comment:

  1. तिहार को शुभकामना ब्यक्त गर्न चाह्न्छु

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..