Sunday, October 23, 2011

ओछ्यान परे पोखरा चिनाउने

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दोरैछ
पोखरा त साँच्चिकै नै पोखरा पो रैछ ।
      प्रेमप्रकाश मल्ल मधुकरले गाएको यो पोखराको गीत अहिले पनि लाखौं संगितपारखीका जीब्रोमा झुण्डिएको छ । उनले संगित भरेका सुगम गीत हुन् या गाएका लोकगित सबै लोकप्रिय छन् ।
        पोखराको गीतमा उनले फेवातालमा माछापुच्छ्रे पौडी खेलिरहेको देखे । फेवातालमा माछापुच्छ्रेको छाँया देखेपछि गीत लेख्न मन लागीहाल्यो  उनी भन्छन्, मैले यो गीत तालबाराही मन्दिरको अगाडी बसेर पाँच मिनेटमा लेखेको हुँ । वास्तवमा उनको यस गीतले पोखरालाई सारा नेपाललाई चिनायो । तर , बिडम्वना पोखराले प्रेमप्रकाशलाई अझै चिन्न सकेको छैन ।
      केहि वर्षपहिले ष्यारालाइसिस भएपछि हिँडडुल गर्न र राम्ररी बोल्न नसक्ने भएका छन् उनी । उनी अहिले नेपालगञ्ज, धम्बोजीस्थित छोरीज्वाईका घरमा बस्छन् ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..