Sunday, April 4, 2010

शीर्षकविनाको कविता


मध्य रातको नीरबखतामा पिल्पिलाउँदो मधुरो प्रकाशमा
सम्पूर्ण संसारमा आँखामा छाएको बेला मेरो आत्मामा प्रश्न उठ्छ-
"जीवनको सार के हो ?"
करुणामयका अश्रुकण जस्ता सहस्रौं ताराहरु टिल्पिल टिल्पिल गर्छन्ः
र मनले खालि चाल पाउँछ ः
जीवन ! ओ जीवन ! अफशोच ! तेरो चोला, तेरो बास छोटो छ ।
"ताराहरू ती पानीका थोपाहरू जस्ता छन्, आँखामा टल्कने थोपाजस्ता छन्
आकाश रङको कमलको फूलजस्ता नीला पत्रमा रहने
पानीका बिन्दुजस्ता छन् ।" आकाश त्यस्तै भन्छ । अनि भन्छ
"जीवन, ओ जीवन ! अफशोच !
पानीका थोपाजस्तै छ, संसार पनि उस्तै छ ।
त्यसो भए हे परमेश्वर ! यी सबै सौन्दर्य, यी सबै शोभा के को निम्ति ?"
गम्भीर स्वरले मेरो आत्माले प्रश्न गर्छ ः
"झर्दो आँसुमाथि यी सबै प्रकाश के को निम्ति ?
ईश्वर भन्छन्- समय र स्थान दुवैलाई बेग्लाबेग्लै तताउँछु
मेरा निर्मित मेरा आफ्नै रश्मिहरू मैले बनाएका ती बेग्लाबेग्लै टुक्राहरूमा बस्छन्मेरो आफ्नो सुवास मैले तिनीहरूमा फुकिदिएको छु ः
मेरा फूलहरू रङ्गीचङ्गी फूलहरू नै फुलाउने गरेकी हुँ
कमलदलको काखामा बसेका जलबिन्दुबाट यो सौन्दर्य उब्जेको हो
जुन तिनीहरूको मुटु हो ।"

-महाकवि लक्ष्मीप्रसाद देवकोटा

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..