Tuesday, March 13, 2012

गजल: खेलौं होली


                                               निर्मला आवस्थी
रंङ्गीचङ्गी रमाइलो आयो फेरी चाड  होली
सबै रंग मिसाएर जम्मा गरौं धेरै लोली।।

आपसमा तानातान चिसो भयो संबन्ध यो
आफ्नै आफ्ना बिच पनि  छैन प्रेम आजभोली।।

अब मन सफा गरौं नराखेर रिस राग
रमाउँदै खेलौं रंग मिसाएर मिठो बोली।।

 आखिरमा  सबै छोडी रित्तै जानु पर्छ हामी
 नाङ्गो अंग मात्र हुन्छ हुन्न हाम्रो साथ झोली।।


पूर्व मेची महाकाली सबै बर्ग भिज्ने गरी
खेलौं होली मदेश पहाड तराईको  माया घोली।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..