Saturday, June 18, 2011

मेरो बिरोधमा छन - गजल

मलाई नपाउनेहरु मेरो बिरोधमा छन
-ओम प्रकाश सापकोटा "रिजन"
हिजो.हात समाउनेहरु मेरो बिरोधमा छन

धोका खानेहरुका लागी मैले कानुन मागे
संबिधान बनाउनेहरु मेरो बिरोधमा छन

बिगत सम्झी किन एक्लै बस्छौ भने
श्रीमान गुमाउनेहरु मेरो बिरोधमा छन

जसलाई पुरा रातभर गजल सुनाएँ
बिहान गजल गाउनेहरु मेरो बिरोधमा छन

तँ नआए त "रिजन" ब्यापार डुब्छ भन्थे
आज जाँड पकाउनेहरु मेरो बिरोधमा छन!
सिम्ता - सुर्खेत
हाल : चितवन

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..