Friday, June 17, 2011

गजल

सम्मान बिसी
मनको साथी क्यानभास छोडेर कहाँ गयौ
सङ्गै जिउने मर्ने बाचा तोडेर कहाँ गयौ

आसुको सागरमा डुबायर सहयात्रीलाई
शिखर चुम्ने लक्ष्य थियो मोडेर कहाँ गयौ

हामिलाई के भो तेस्तो गल्ती कमजोरि
जिन्दगीका सहकार्यहरु फोडेर कहाँ गयौ

की सम्मान कि उमेश कि मौसमजी
यो तीन मा एक हराउछ भनेर कहाँ गयौ

क्यानभास अबिरल अधुरो मुस्कान को सपना
हुन नपाउदै पुरा सबै त्यागेर कहाँ गयौ
(मौसमजी भण्डारी प्रती समर्पित )
-मालिकाठाटा - जुम्ला
हाल - सुर्खेत

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..