Sunday, June 12, 2011

पुतली - बाल कविता


अशिम चौधरी
साना साना पुतली कति राम्रा पखेटा
भन्नु हुन्छ आमाले नछोप्नु है बेटा
छिरबिरे बुट्टामा रङ्ग थरि थरि
डुलि हिड्छन् बगैचामा तिनी सधैभरि

एउटै रङ्गका पुतली
सधै भेटिदैन
गुड पनि पुतलीको
कतै देखिदैन

छक्क पर्छु म त आफै
कहाँ बस्छन् होला
कतै फुलमा डुली हिड्छन्
रस चुस्छन् होला

श्री बाल ज्योति मा.वि. कोहलपुर बाँके
कक्षा ४

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..