Saturday, June 11, 2011

देशका बिडम्बनाहरु

बुद्धि प्रसाद उपाध्याय
पेशा व्यवसायमा संलग्न
आजका पाका बुद्धिजिवीहरु
जसले
हिजो राजनैतिक दलहरुले
निधार र पिठ्युँमा
लगाई दिएका छापहरु
मेटाउन सकेनन
आज देशकालागि
बिडम्बना बनेका छन्,
तेस्ता बुद्धिजिवीहरु
जसले आफुलाई
सेतो र कालो लाई
जेछ त्यहिँ भन्न सक्ने
स्थानबाट च्युत गराएर
राजनैतिक दलहरुले लगाई दिएको
चस्माको रंगको वकालत गर्छन
आज देशका लागि
बिडम्बना बनेका छन्,
आफ्नो जीवनको गहिराई भन्दा
लम्बाई नाप्न

फुलेका केशलाई चेकको रुपमा
भंजाई खान अभ्यस्त भई सकेका
पाका बुद्धिजिवीहरु
आज देशको लागि
बिडम्बना बनेका छन्,
नेताहरुका कानहरु
आफुले पक्डिनु पर्नेमा
आफ्ना कानहरु
उनीहरुलाई पक्डाएर
हिड्ने पाकाहरु
आज देशको बिडम्बना
बनेको छ ,
त्यसैलेत
म देखि रहेको छु
जव जव उनीहरु
नेतृत्व गर्न अघि लाग्छन
पछिका जनताहरुले
उनीहरुका पिठ्युँको छाप
निहाली रहेका हुन्छन



देशको वास्तविक धरातल
टेक्न प्रयास गर्दै
कुनै मन्चमा खडा भएर
यथार्थता र आवश्यकताका
भाषणहरु गरि रहेका हुन्छन

त्यतिवेला

श्रोता-दर्शक दीर्घामा बस्ने जनताहरुले
उनीहरुको भाषण भित्र लुकेको
नेताहरुको बोलीको अंस लाई मात्र सुन्दै
तीक्ष्ण दृष्टि लगाएर
निधारमा भएको 'ट्रेड मार्क 'को छापलाईने
हेरी रहेका हुन्छन !

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..