Monday, June 6, 2011

,,,,"सम्बेदना शुन्य मनहरु "......

पन्ध्र बर्ष अघिसम्म
बुद्धि प्रसाद उपाध्याय
मृत्युसैय्यामा छटपटाई रहेको
बेरामीलाई देख्दा
अश्रुपुरित हुने हाम्रा ई नयनहरु ,
दुर्घटनामा परी
ज्यान गुमाउने मृतकको शोकमा
द्रवित हुने हाम्रा मन हरु ,
पांचबर्ष अघि बढी सक्दाको अवस्थामा
अर्थात आजभन्दा दसबर्ष अघि
कसैलाई हातखुट्टा काटेर
चरम यातना दिएको सुन्दा

अथवा

कसैलाई तड्पाएर
हत्या गरेको सुन्दा
"बरु गोलि ठोकेर एकै पटकमा
मारेको भए हुन्थ्यो "
भन्ने अवस्थामा पुगी सकेका थिए ,
अझै पांचबर्ष अघि बढी सक्दाता झन्
हाम्रा कानहरु
 'झडप'र 'नरसंहार'का
खवरहरुको पर्खाइमा
समाचारहरु सुन्न
आँतुर हुन थालि सकेका थिए ,
बिस्तारै हालात र परिस्थिति संग
सम्झौता गर्दै अघि बढी रहेका
हाम्रा नेपाली मनहरु
'खुद्रा' मृत्युहरुलाई
सामान्य रुपमा लिंदै
'थोक'मृत्यु को समाचारको

पर्खाईमा बस्न थालि सकेका थिए ,
आजको दिन सम्म आई पुग्दा
ई मनहरुमा सम्बेदनारुपी रोगको
प्रतिरोध गर्ने क्षमतामा वृद्धि हुँदै गएर
कुनै प्रकारका मृत्युहरूमा पनि
निरपेक्ष रहन सक्ने



हाम्रा नयनहरुलाई पिडा दिने
अश्रुजल समेतलाई
सुकाउन सक्षम भई सकेका छन् !

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..