Wednesday, June 1, 2011

निर्ललज्ज ति रातका कुरा - गजल

जनक डि.सी.
नगर भो संगसंगै निर्ललज्ज ति रातका कुरा
मेरो राजा संसार भनि सुम्सुमयाउने हातका कुरा

चालहरुमा चाल थप्दै ओठ माथी ओठको वर्षा
छिन्नभिन्न घरि उस्तै हिर्काइएका लातका कुरा

चकमन्न अँधेरीमा सुम्पिसक्यौ बैंस तिम्रो
कस्तो कल्याण धर्मात्मा र गर्दै अब जातका कुरा

दाग लाग्यो न धुन मिल्ने पोखियो न उठाउन
ढल्यो तिम्रो जवानी रुख गर्छौ किन पातका कुरा

तात लाग्नेहरुमध्ये घात गर्ने कति पुगे ?
घोचपेच चल्दै होला गर्दै योवन मातका कुरा

1 comment:

  1. Bikash... जनक जी गजल त उथलपुथल गराउने लेख्नु भएको रहेछ .. ठिकै छ साहित्य हो स्विकार्न सकियो ... दाग लाग्यो न धुन मिल्ने पोखियो न उठाउन
    ढल्यो तिम्रो जवानी रुख गर्छौ किन पातका कुरा

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..