Wednesday, June 1, 2011

फुलेर फूल पनी झरेर जान्छ --गजल


फुलेर फूल पनी झरेर जान्छ
-मौसमजी भण्डारी "क्यानभास" 
एकचोटी त मान्छे मरेर जान्छ

हिडेर जहाँ पुग्दछ सदभाबले
ममताको अन्जुली भरेर जान्छ

छोडेर सम्बन्ध को गहिरो नाता
मात्र आफु बसाइ सरेर जान्छ

सफरको लघु पाहुना बनेर
मायाको सुगन्ध छरेर जान्छ

अचल निर्जिब भै ओढेर कात्रो
दु:खैको सागर जो तरेर जान्छ

रुवाइ सारा लाई दुखाइ जन
अहो ! यो आत्मा चीर हरेर जान्छ

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..