Monday, May 30, 2011

"राजनीति " -- ब्यङ्ग्य कविता

बेजिल्लाबाट
बुद्धि प्रसाद उपाध्याय
बिबाह गरि ल्याईयेकी
नवदुलहीले
दाइजो नल्याएको निहुमा
दुलाहा परिवारले
गरेको अत्याचारको
निसाब गर्नु पर्दा ,
दुलाहा परिवारको
पक्ष नलिंदा सात भोट बिग्रिने ,
सिमाना बिबाद चर्केका
दुई छिमेकीको झगडामा
पीडकको पक्ष नलिंदा
दस भोट बिग्रिने ,

चुनावको बेला
बुथ लुट्ने क्षमता भएको
अपराधीको नाइकेलाई
जघन्य अपराधमा
प्रहरीले रंगेहात पक्डेर
थुनेको बेला
उसलाई छुटाउन
यातायात र बिद्यालयनै
बन्द गरेर दवाव दिनु पर्ने ,
भ्रष्टाचार गरेर लुटेको
राज्यको धनराशिको ठुलो हिस्सा
पार्टीलाई चन्दा दिएको आधारमा
भ्रष्ट कर्मचारीलाई पदोन्नती गर्नु पर्ने ,
हवाई चप्पल पड्काउदै सत्तामा पुगेर
करोडौं मुल्यको पजेरो ,
आलिसान महल

सातपुस्तालाई पुग्नेगरिनै
सम्पतिको जोहो पनि गर्ने पर्ने ,
यस्ता यस्ता बाध्यताको बिचमा पनि
जनतालाई राहत दिन गरिएका
झिना मसिना कामहरुको
मुल्यांकननै नगरी
जनताले हामिलाईनै
सधैं गालिमात्रै
गरि रहने ?

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..